• ग्रेस इन्टरनेशनलको वार्षिकोत्सवमा शैक्षिक सामाग्री वितरण


    भरतपुर/शैक्षिक परामर्श व्यवसायको अग्रणी सस्था ग्रेस इन्टरनेशनलको १४ औं वार्षिकोत्सव चितवनमा विविध कार्यक्रम गरि मनाईएको छ । ग्रेस इन्टरनेशन चितवनको आयोजनामा शनिबार वार्षिकोत्सवको अवसरमा शैक्षिक सामाग्री वितरण गरिएको हो । ग्रेस इन्टरनेशनल चितवनका प्रमुख गणेश लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर ११ स्थित साहाराको घरमा आश्रीत २० जना वालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।


    वालिकाहरुलाई स्टेशनरी, खेलकुद सामाग्रीको साथै विद्यालय जाँदा लगाउने जुत्तासमेत वितरण गरिएको चितवन शाखा प्रमुख लामिछनेले वताउनु भयो । सो अवसरमा केक काटेर बालिकाहरुलाईसमेत खुवाईएको थियो । ग्रेस इन्टरनेशनलले उच्च शिक्षा अध्यायनको लागि अष्ट्रेलिया जान चाहाने नेपाली विद्यार्थीहरुलाई उचित परामर्शको साथै आवश्यक प्रक्रियासमेत अगाडी वढाउने गर्दै आएको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt