• कोपिला सहकारीको साधारण सभा तथा अधिवेशन सम्पन्न


    कास्की/कोपिला बचत तथा ऋण सहकारीसंस्था लि. सिद्धार्थचोक पोखराको १३ औं साधारण सभा तथा ५ औं अधिवेशन शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सूर्यबहादुर जि सीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारी डिभिजनका अधिकृत बलराम शर्मा प्रमुख अतिथि रहनु भएको थियो । कोभिड १९ का कारण मंसिर ६ गते बाट मंसिर १३ सम्म १३ औं साधरण सभा तथा ५ औं अधिवेशन गर्ने निर्णय गरिएको थियो । मंसिर ६,७ र ८ गते स्वयम् शेयर सदस्यहरु उपस्थिति भई बार्षिक प्रतिवेदन बुझि मंसिर १० गते भित्र सल्लाह तथा सुझाव पेश गरेका थिए । पहिलो सत्रमा जगत प्रसाद शर्माले लेखा समिति तथा विष्णु प्रसाद अधिकारीले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा संस्थाका संचालक समितिका उपाध्यक्ष ठाकुर प्रसाद पोखरेलले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम संचालन संस्थाका सचिव कृष्णकुमार श्रेष्ठले गरेका थिए ।


    साथै संस्थाका अध्यक्षले आफनो बार्षिक प्रतिवेदन, भावी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शेयर सदस्यवाट आएको विभिन्न प्रश्नको जवाफ दिई सकेपछि पहिलो सत्र समापन तथा आफु अन्तरगतको समिति तथा विभिन्न उपसमिति भंङ्ग गर्नु भएको थियो । दोस्रो सत्रको कार्यक्रम निर्वाचन मण्डलका संयोजक तथा संस्थाका संस्थापक अध्यक्ष ज्ञान बहादुर कार्कीको अध्यक्षता बसेको थियो । उक्त निर्वाचन मण्डलका संस्थाका पूर्व अध्यक्ष श्याम प्रसाद पौडेल र शेयर सदस्य सूर्य लम्साल सदस्यका रुपमा थिए । निर्वाचन मण्डलले सहमतिका साथ तयार पारेको नाम निर्वाचन मण्डलका सदस्य श्याम प्रसाद पौडेलले घोषणा गर्नु भएको थियो ।
    ५ औं अधिवेशनबाट अध्यक्षमा ठाकुर प्रसाद पोखरेल, उपाध्यक्षमा कृष्णकुमार श्रेष्ठ, सचिवमा सञ्जय पौडेल, कोषाध्यक्षमा विष्णुप्रसाद अधिकारी तथा सदस्यहरुमा घननाथ सापकोटा, उपेन्द्रराज पोखरेल, निर्मला अधिकारी लामिछाने, ठाकुर आर्चाय र धनेश्वर अधिकारी निर्वाचित भएको छन् । साथै लेखा समितिको संयोजकमा केशवराज अधिकारी र सदस्यहरुमा किशोर अधिकारी र भरत आर्चाय निर्वाचित भएको छन् । निर्वाचित सम्पूर्णलाई निर्वाचन मण्डलका संयोजकले सफथ खुवाउनु भएको थियो । यस १३ औं साधारण सभा तथा ५ औं अधिवेशनको अन्तिम दिनको कार्यक्रम जुम एप्स् बाट पनि प्रत्यक्ष प्रसारण गरिएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt