• पर्यटन प्रवद्र्धनको लागि विमानस्थल विस्तार अपरिहार्यः मन्त्री भट्टराई


    भरतपुर/संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेसकुमार भट्टराईले मध्य नेपालको पर्यटन प्रवद्र्धनको लागि भरतपुर विमानस्थलको विस्तार अपरिहार्य रहेको बताएका छन् । आइतबार भरतपुर महानगरमा आयोजित छलफल कार्यक्रममा उनले भरतपुर विमानस्थल विस्तारको काम सुरु भैसक्यो भन्दै यसलाई सम्पन्न गर्न आइपर्ने असजिला तथा अवरोधहरुलाई व्यवस्थापन गर्दै जानुपर्ने बताए ।
    विभिन्न चरणमा विमानस्थल विस्तारका लागि छलफल र संभाव्यता अध्ययन पूरा गरी निर्माणको निचोडमा पुगिरहेको बताउँदै अध्यक्ष प्रचण्ड, माननीय ज्यूहरु, महानगर प्रमुख रेनु दाहाल तथा आम जनसमुदायको विमानस्थल विस्तार गर्न तीब्र दवाव आइरहेको उनले बताए । उनले अब निर्माण गर्न आइपर्ने समस्याहरू कसरी समाधान गर्ने भन्नेमा केन्द्रित हुनुपर्ने बताए ।
    नेपाली सेनाको ब्यारेक र घोडाफर्म अन्यत्र हट्ने र सो स्थानमा विमानस्थलको गुरूयोजना नबिग्रने गरी नेपाली सेनाको आपतकालिन एयर बेसक्याम रहने उनले बताए । हालको अवस्थामा भरतपुर विमानस्थल जोखिममा रहेको बताउँदै अब भरतपुर महानगरपालिकाले मापदण्ड विपरितका घर तथा अग्ला घरहरू भत्काउनुपर्ने उनले बताए । सुविधा सम्पन्न विमानस्थल पनि चाहिने र घर पनि अग्लो चाहिने कुरा उपयूक्त हुन नसक्ने बताउँँदै उनले विमानस्थल निर्माणमा सबैको सकारात्मक सहयोग हुनुपर्ने बताए ।
    भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिकाले भरतपुर विमानस्थललाई रात्रिकालिन उडानसहितको व्यवस्थित र सुविधा सम्पन्न विमानस्थलको विस्तार गर्न चाहेको बताइन् । उनले यो विमानस्थलको विस्तार र विकासले चितवन र यस आसपासका जिल्लाहरूको समग्र विकासमा उल्लेख्य टेवा पूग्ने बताइन् । विस्तारको लागि थुप्रै चरणका छलफल गरी काम अगाडि बढाएको बताउँदै उनले भरतपुर महानगरपालिकाले गर्नुपर्ने सबै काम गरिरहेको र आवश्यक कामहरू गर्दै जाने बताउँदै सबैको जोडबलबाट छिट्टै विस्तारको काम अगाडि बढाउन मन्त्री भट्टराई समक्ष आग्रह गरिन् ।
    भरतपुर महानगरपालिकाले विमानस्थल विस्तारको क्षेत्रमा पर्ने कालीबहादुर गण र नेपाली सेनाकै गोडा प्रजनन केन्द्रलाई सेनासँगकै समन्वयमा उचित स्थानमा व्यवस्थापन गर्ने सहमति भैसकेको उनले बताइन् । सो को सम्पूर्ण विवरण पर्यटन मन्त्रालयमा पठाइसकिएको पनि उनले बताइन् । कार्यक्रममा भरतपुर महानगरपालिकाका इन्जिनियर भरत आचार्यले भरतपुर महानगरपालिकाले विमानस्थल विस्तार सम्बन्धी भए गरेका कामहरुको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा नागरिक उड्डयन विभागका महानिर्देशक राजन पोखरेल, हवाइ इन्जिनियरिङ्ग विभागका निर्देशक प्रदिप अधिकारी, कालिबहादुर गणका गणपति विज्ञानदेब खनाल लगायतले आआफ्नो धारणा राखेका थिए ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt