आदर्श बचतको साधारणसभा सकियो


भरतपुर/भरतपुर स्थित आदर्श बचत तथा ऋण सहकारी सस्था लिको २३ औ वार्षिक साधारणसभा आर्थिक तथा वार्षिक प्रगति प्रतिवेदन र आगामी नयाँ कार्यक्रम तथा योजना पास गर्दे बिहीबार सम्पन्न भएको छ । यहि मंसिर १२ गतेबाट सुरु भएको साधारणसभा क्षेत्रीय रुपमा सुझाब संकलन गर्दै सम्पन्न भएको हो । साधारणसभाको पहिलो दिन मंसिर १२ गते लक्ष्मि वैंकटेश्वर मन्दिर लंकुमा सुझाब संकलन कार्यक्रम गरिएको थियो । सो कार्यक्रममा भरतपुर ४ का वडा अध्यक्ष हरिप्रसाद आचार्य प्रमुख अतिथी रहनु भएको थियो भने विशिष्ट अतिथीमा पुर्व अध्यक्ष मीना खरेल, विष्णुमायाँ पुरी, इन्दु पण्डित, इन्दिरा सुवेदी रहनु भएको थियो ।
त्यसैगरि दोस्रो दिन १३ गते शरदपुर माविमा भएको कार्यक्रममा भरतपुर ८ का वडा अध्यक्ष दामोदर न्यौपाने प्रमुख अतिथी रहनु भएको थियो भने विद्यालयका प्रधानाध्यापक भोलानाथ सापकोटा विशेष अतिथी रहनु भएको थियो । यसैगरी १४ गते सस्थाको कार्यालयमा भएको साधारणसभामा भरतपुर १० का वडा अध्यक्ष अरुणपीडित भण्डारी प्रमुख अतिथी रहनु भएको थियो भने जेष्ठ शेयर सदस्य गणशेखर शर्मा विशेष अतिथी रहनु भएको थियो । १५ गतेको साधारणसभामा प्रदेश सांसद मिलनबावु श्रेष्ठ प्रमुख अतिथी रहनु भएको थियो भने अन्जनी श्रेष्ठ विशेष अतिथी रहनु भएको थियो ।
साधारणसभाको अवसमा आयोजित सवै कार्यक्रम सहकारीका संचालक अध्यक्ष भानुभक्त कँडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । लैंगिक हिंसा विरुद्धको साझा अभियानमा ऐक्यबद्धता जाहेर गर्दै नवौं दिनको अवसर पारी साधारणसभाको समापनका दिन सडक वालवालिका पुनस्र्थापना केन्द्र (हाम्रो घर)लाई सात हजार आठ सय नौं रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको सहकारीका व्यवस्थापक नारायण सापकोटाले जानकरी दिनु भयो । जिल्लाभर कार्यक्षेत्र रहेको आदर्श बचत तथा ऋण सहकारी सस्थाको कुल एक हजार ६ सय ५० जना शेयर सदस्य रहेका छन् भने करिव २१ करोडको आर्थिक कारोवार रहेको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार