• हंस सहकारीको साधारणसभा अन्तरगत इकाई वैठक सुरु


    भरतपुर/नारायणगढ स्थित हंस वहुउदेश्यीय सहकारी सस्था लिमिटेडको १७ औं साधारणसभाको कार्यक्रम सुरु भएको छ । विश्वभर फैलिएको कोभिड १९ को कारण एकै दिन सवै शेयर सदस्यहरुलाई वोलाएर साधारणसभा गर्ने अवस्था नभएपछि सहकारीको साधारणसभा इकाईगत रुपमा गर्न लागिएको हो । आइतबारबाट सुरु भएको साधारणसभाको कार्यक्रम आगमी २७ गते समापन गर्ने कार्यक्रम रहेको छ ।
    विभिन्न ३६ वटा इकाई वैठक मार्फत प्रतिनिधि छनौट गरि आगामी २७ गते प्रतिनिधिहरुको सहभागितामा साधारणसभाको समापन गरिने सहकारीका व्यवस्थापक श्यमवन्धु पोखरेलले जनाकारी दिनु भयो । साधारणसभा अन्तरगत इकाई वैठक उद्घाटन कार्यक्रममा भरतपुर वडा नं १ का कार्यवाहक वडा अध्यक्ष यमबहादुर मगर प्रमुख अतिथी रहनु भएको थियो ।


    कार्यक्रममा वोल्दै प्रमुख अतिथी मगरले सहकारी विकास र समृद्धिको मेरुदण्ड भएको वताउनु भयो । सहरकाीले वचत गर्ने वनाको विकास गरेको वताउँदै उहाले निम्न आय भएकालाई लगानीको वतावरण वनाएको वताउनु भयो । सहकारीका अध्यक्ष दिनेशकुमार चुकेको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा उपाध्यक्ष बावुराम अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने सचिव शारदा पौडेलले कार्यक्रम संचालन गर्नु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt