• फोर्ब्स कलेजले निशुल्क आई.टी. तालिम संचालन गर्ने

    भरतपुर/टेक्निकल विषय अध्यापनको अग्रणी शैक्षिक सस्था फोर्ब्स कलेज भरतपुर -२, क्षेत्रपुरले कक्षा १२ को परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई मध्यनजर गर्दै आई.टी. सम्वन्धि निशुल्क तालिम संचालन गर्ने भएको छ । मंसिर २२ गतेवाट सुरु हुने निशुल्क तालिमको सम्पुर्ण तयारी पुरा भएको कलेजका प्राचार्य हरि शरण पाठकले जानकारी दिनुभयो । तालिम कार्यक्रममा ए प्लस, नेटवर्कीङ एण्ड साईबर सेक्युरिटी, सि सि एन ए लगायतका विषयमा प्रशिक्षण दिईने जानकारी दिँदै प्राचार्य पाठकले कलेजका शिक्षक तथा सोहि कलेजमा अध्ययनरत सिसिएनए सर्टिफाइड विद्यार्थीहरुले तालिम दिने वताउनु भयो ।

    व्याचलर इन होटल म्यानेजमेन्ट र व्याचलर अफ कम्पुटर साईन्स, नेटवर्क टेक्नोलोजी एण्ड साईबर सेक्युरिटी विषयमा पढाई हुँदै आएको सो कलेजमा सन् २०२१ को लागि भर्ना खुलेको जनाकारी कलेजका शैक्षिक निर्देशक ई. सुलभ अधिकारीले दिँदै जुनसुकै संकायवाट कक्षा १२ पास गरेका विद्यार्थीहरुले भर्ना हुन सक्ने वताउनु भयो । होटल म्यानेजमेन्ट पढ्न चाहाने विद्यार्थीहरुको लागि पनि छिट्टै निशुल्क तालिम संचालन गरिने कुरा कलेजका सहायक प्राचार्य ई. दिवस मैनालीले जानकारी गराउनुभयो । नेपाल सरकार शिक्षा मन्त्रालयवाट स्वीकृति लिई युरेका युनिभर्सीटी स्वीजरल्याण्डवाट मान्यता प्राप्त उक्त कलेजमा अध्ययन गरेको विद्यार्थीहरुले त्रिभुवन विश्व विद्यालयवाट समकक्षतासमेत पाउने छन।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt