• पर्यटन प्रर्वद्धनको लागि होटल व्यवसायीसंग छलफल

    भरतपुर/होटल व्यवसायी मंहासघ नेपालका प्रतिनिधिहरुको सहभागितामा सोमबार वुटवलमा पर्यटन सम्वन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा लुम्विनीको पर्यटन प्रवद्धनको संभावना र चुनौतीको वारेमा छलफल गरिएको थियो । मुलुकको आयआर्जनको मुख्य श्रोतको रुपमा रहेको पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न सरकार र निजी क्षेत्रको समन्वय आवश्यक रहेको कार्यक्रमका वक्ताहरुले वताउनु भएको थियो ।
    होटल व्यवसायी महासंघका अध्यक्ष हिराध्वज शाह, वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुके, सह–कोषाध्यक्ष मोदनाथ बेल्बासे, केन्द्रिय सदस्य नारायण सेन तथा होटल तथा रेष्टुरेन्ट व्यबसायी संघ पाल्पाका अध्यक्ष मोहन प्रसाद श्रेष्ठको सहभागिता रहेको उक्त कार्यक्रममा लुम्बिनी प्रदेश सभासद बिष्णु प्रसाद पंन्थीले समग्र कपिलवस्तु जिल्लाको आन्तरिक पर्यटन पवद्र्धन तथा सम्वदनका निम्ति विशेष गरि कपिलवस्तु जिल्ला अन्तरगत पर्ने तिलौरा कोट, राजापानी, जगदिसपुर ताल लगायत अन्य धार्मिक एवं पर्याटकीय क्षेत्रको बिकास र अवस्थाको वारेमा जानकरी गराउनु भएको थियो ।
    सभासद् पन्थिले होटल व्यबसायी महासंघ नेपालको कार्यसमिति एवं सल्लाहकार समेत गरि करिव १०० जनालाई कपिलवस्तु जिल्लामा पर्यटन सम्वन्धि विशेष कार्यक्रम आयोजना गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो । पर्यटन प्रवद्र्धनको लागि होटल व्यवसायीको भूमिका महत्वपुर्ण भएको वताउँदै होटल व्यवसायीहरुले सभासद्को प्रतिवद्धता प्रति धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt