हंसको टाँडी सेवाकेन्द्रको इकाई बैठक सुरु


भरतपुर/हंस बहुउद्देश्यीय सहकारी संस्था लि. को १७ औं वार्षिक साधारण सभा अन्तर्गत विभिन्न चरणमा हुने इकाई वैठकहरु मध्ये बुधबार एक औपचारीक कार्यक्रम गर्दै टाँडी सेवाकेन्द्र अन्र्तगतका शेयर सदस्यहरुको इकाई वैठक सुरु भएको छ । संस्थाका अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षता एवं रत्ननगर नगरपालिका वडा नं १० का अध्यक्ष केशव आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सेवाकेन्द्र व्यवस्थापन उप समितिका संयोजक संदेश पाठकले स्वागत मन्तव्य राख्नु भएको थियो भने सचिव शारदा शर्मा पौडेलले कार्यक्रम संचालन गर्नु भएको थियो ।
कार्यक्रममा संचालक समितिका उपाध्यक्ष बाबुराम अधिकारी, लेखा समिति संयोजक गोविन्द प्रसाद पौडेल, लेखा सदस्य कृष्णहरि तिमल्सेना, ऋण उप समिति सदस्य सूर्य बराल, व्यवस्थापक श्यामबन्धु पोखरेल, सेवाकेन्द्र व्यवस्थापन उप समितिका सदस्यहरु राजु मालाकार, रमेश अधिकारी, सितादेवी के.सी. लगायत टाँडी सेवाकेन्द्रका शेयर सदस्यहरु एवं कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार