• मानवअधिकार संजालद्धारा स्वास्थ्य सुरक्षा बारे अनुगमन


    भरतपुर/७२ औ विश्व मानव अधिकार दिवसको अवसरमा मानव अधिकार संजाल चितवनले जिल्ला अन्तर्गत सामुदायिक बिद्यालय र सरकारी सेबा प्रदायक कार्यालयको अनुगमन गरेको छ । कोभिड १९ को महामारी बिच सेबा प्रदायक संस्थाले कसरी सेबा प्रवाह गरेका छन्, स्वास्थ मापदण्डको कस्तो ब्यबस्था मिलाएका छन् भनेर अनुगमन गरिएको मानव अधिकार संजाल चितवन संयोजक राजेन्द्र पौडेलले जानकारी दिनुभयो ।
    सामुदायिक बिद्यालयमा मास्क र सेनिटाइजरको प्रबन्ध मिलाइएको, भौतिक दुरि कायम गरिएको र कक्षा संचालन दुई सिफ्ट गरि सेवा दिएको पाइयो जानकारी दिँदै संयोजक पौडेलले सरकरी सेबा प्रदायक कार्यालयमा भने न्युनतम स्वास्थ मापदण्ड पूरा नगरिएको, सेनिटाइजर वा हात धुने ब्यबस्था नमिलाएको मास्कको प्रयोग पनि न्यून मात्रामा भएको, सेवाग्राहीले भौतिक दुरी कायम नगरेको पाईएको जानकारी दिनु भयो ।
    यस्तो अवस्थामा सेवा प्रदान गर्दा सेवा लिने र दिने दुवैलाई सङ्क्रमणको जोखिम वढ्नसक्ने प्रवल सम्भावना देखिएकोले सम्वन्धित सरोकारवाला निकायले तत्काल अनुगमन गरि स्वास्थ्यको मापदण्ड पालना गराई सेवा प्रदान गर्न सम्वन्धित पक्षको ध्यानाकर्षण गराएको छ । अनुगमन कार्यक्रममा संजालका सयोजक राजेन्द्र पौडेल, सचिव दिपक लामिछाने, हरि अधिकारी लागायत मानव अधिकार संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt