• आणबिक अस्त्र विरुद्ध भरतपुरमा प्रदर्शन


    भरतपुर/मानव अधिकार तथा शान्ति समाज चितबन शाखाले आणबिक अस्त्रको विरुद्धमा बिहीबार भरतपुर स्थित चौविसकोठीमा प्रदर्शन गरेको छ । ७२ औ मानव अधिकार दिबस (१० डिसेम्बर÷२५ मंसिर )को अवसरमा आणबिक अस्त्र बिरुद्धको प्रदर्शनी गरिएको हो । कार्यक्रम मा ६० भन्दा बढि शान्तिवादीहरु सहभागि थिए । कार्यक्रममा प्रमुख बक्ता एवं समाजका केन्द्रिय सचिब बाबुहरि आचार्य, नेपाल प्राध्यापक संघका पूर्ब महासचिब प्रकाश अधिकारी, सामाजिक अभियन्ता शालिकग्राम शर्मा, नेपाल शिक्षक महासंघका पूर्ब केन्द्रिय सचिब धुब्रराज पोखरेल, अधिकारकर्मी राजेन्द्र पौडेल लगायतले आणबिक अस्त्रको बिरुद्धमा धारणा राख्नु भएको थियो । कार्यक्रम सचिब दयानिधि अर्यालले संयोजन गर्नु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt