• जेष्ठ नागरिकको निशुल्क स्वास्थ्य परिक्षण


    भरतपुर/जेष्ठ नागरिक संघ चितवनको आयोजना र भरतपुर महानगरपालिका वडा नं. १० को आर्थिक सहयोगमा शनिबार भरतपुरमा जेष्ठ नागरिकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । कार्यक्रममा करिव एक सय ५० जना जेष्ठ नागरिकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको जेष्ठ नागरिक संघ चितवनका अध्यक्ष केदार नाथ तिमिल्सिनाले जानकारी दिनुभयो ।
    कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रवक्ता एवं वडा नं. १० का अध्यक्ष अरुण पीडित भण्डारी प्रमुख अतिथी रहनु भएको थियो । निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमको उद्घाटन कार्यक्रममा वोल्दै प्रमुख अतिथी भण्डारीले भरतपुर १० वडा कार्यालयले हरेक वर्ष जेष्ठ नागरिकलाई सम्मान गर्ने गरेको जानकारी दिँदै यस वर्ष पनि जेष्ठ नागरिकको सम्मानमा निशुल्क स्वास्थ्य शिविर कार्यक्रम गरिएको जनाकारी दिनुभयो ।
    जेष्ठ नागरिक समाजको गहना भएको वताउँदै उहाले जेष्ठ नागरिकको सम्मान गर्न सक्नुपर्नेमा जोड दिनु भयो । चितवन मुटु अस्पतालको प्राविधिक सहयोगमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. शंकर लौडारीको टिमले जेष्ठ नागरिकको निशुल्क स्वास्थ्य परिक्षण गरेको थियो । सो अवसरमा निशुल्क औषधिसमेत वितरण गरिएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt