• चितवन अटोमोवाइल्स एसोसिएशनको साधारणसभा सम्पन्न


    भरतपुर/जिल्ला स्थित अटोमोवाइल्स व्यवसायीहरुको छाता संगठन चितवन अटोमोवाइल्स एसोसिएशनको १९ औं साधारणसभा शनिबार भरतपुरमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ प्रमुख अतिथी रहनु भएको थियो ।
    कार्यक्रममा वोल्दै प्रमुख अतिथी श्रेष्ठले मुलुकको आर्थिक विकासमा अटोमोवाइल्स व्यवसायीको भूमिका महत्वपुर्ण भएको वताउनु भयो । कुनै पनि व्यवसायलाई व्यवस्थित र मर्यादिन वताउनु सम्वन्धित व्यवसायीहरुको विचमा एकता आवश्यक रहेको वताउँदै उहाले राज्यले पनि व्यवसायीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा जोड दिनु भयो । राज्यले व्यवसायीलाई विभिन्न खालका सहुलियतको व्यवस्था गरि दिगो रुपमा व्यवसाय गरि रोजगारी सृजना गर्नु पर्ने उहाको भनाई थियो ।
    कार्यक्रममा एसोसिएशनका सचिव राजेन्द्र भट्टराईले प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुमन वर्तौलाले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । प्रथम उपाध्यक्ष कृष्ण भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको साधारणसभाको कार्यक्रममा अटोमोवाइल्स एसोसिएशन अफ नेपालका उपाध्यक्ष नवराज डल्लाकोटी, चितवन अटोमोवाइल्स एसोसिएशनका पुर्व अध्यक्ष ज्ञानुप्रसाद न्यौपाने, सिम्रन ट्रेडिङ कन्सर्नका प्रवन्ध निर्देशक सोहन चौधरी, अटोमोवाइल्स बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष भिमलाल न्युरेलगायतले वोल्नु भएको थियो ।
    चितवन अटोमोवाइल्स एसोसिएशनका अध्यक्ष अमृत जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एसोसिएशनका पुर्व अध्यक्ष रामकुमार पिया, महेन्द्र वाग्ले, शिवराज गिरी, महसुर पिया, वालकृष्ण कँडेललगायतको सहकागिता रहेको थियो । साधारणसभाको अवसरमा गत वर्षको एसईई परीक्षामा ए ग्रेड भन्दा माथि अंक ल्याउने सदस्यका छोराछोरीलाई सम्मान गरिएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt