• हंसको १७ औं साधारण सभा सम्पन्न


    भरतपुर/हंस बहुउद्देश्यीय सहकारी संस्था लि. को १७ औं वार्षिक साधारण सभा तथा ११ औं वार्षिकोत्सव शनिबार रक्तदान तथा उत्कृष्ठ सदस्यहरुको सम्मान गर्दै सम्पन्न भएको छ । साधारण सभाको समापन कार्यक्रम संस्थाका अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षता एवं भरतपुर महानगरपालिका सहकारी उप समितिका संयोजक तथा वडा नं ७ का वडा अध्यक्ष राजेन्द्रमणि काफ्लेकोे प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथि काफ्लेले हंस सहकारीले बचत तथा ऋणका साथै उत्पादन र सामाजिक कार्यका क्षेत्रमा समेत सकृय रहेर उदाहरणीय कार्य गर्दै आएको भनी प्रसंसा गर्नु भयो ।
    कार्यक्रममा सहकारीका उपाध्यक्ष बाबुराम अधिकारीले स्वागत मन्तव्य राख्नु भएको थियो भने सचिव शारदा शर्मा पौडेलले कार्यक्रम संचालन गर्नु भएको थियो । विगत बर्षहरुमा एकै चरणमा हुने साधारण सभा यस बर्ष कोभिड १९ का कारण सहकारी नियामक निकायहरुको निर्देशन अनुसार २०७७ मंसिर २१ देखि २६ गते सम्म साना समुहमा इकाई वैठक मार्फत साधारण सभाका लागि प्रतिनिधि चयन गरी शनिबार प्रतिनिधि मुलक साधारण सभा भएको संस्थाका अध्यक्ष दिनेश कुमार चुकेले बताउनु भयो ।
    साधारण सभाले संचालक समितिमा रिक्त रहेको २ सदस्य पदमा षडानन्द लामिछाने र धु्रव कुमार ओझालाई संचालक समितिको वाँकी अवधिकालागि मनोनित गर्ने र हाल सचिवको रुपमा कार्य गर्दै आउनु भएकी शारदा शर्मा पौडेललाई वाँकी अवधिका लागि सचिवको जिम्मेवारी दिई संचालक समितिलाई पूर्णता दिनुका साथै पेश भएका प्रस्तावहरु माथी प्रतिनिधिहरुका विचमा छलफल गर्री सर्वसम्मत निर्णय समेत गरेको छ । यस कार्यक्रममा २ जना महिला सहित १७ जनाले रक्तदान गर्नु भएको थियो भने ४४ जना सदस्यहरुलाई विभिन्न विधामा संस्थाले सम्मान गरेकोे थियो ।
    उक्त कार्यक्रममा संचालक समितिका कोषाध्यक्ष प्रमोद कुमार श्रेष्ठ, सदस्यहरु शंकर सापकोटा, प्रा.डा. होमनाथ सापकोटा, लेखा समितिका संयोजक गोविन्द प्रसाद पौडेल लेखा समिति सदस्यहरु गोविन्द सुवेदी, कृष्णहरि तिमल्सिना, लगायत ७२ जना साधारण सभाका प्रतिनिधि, रक्तदाता, सम्मानीत हुने सदस्यहरु एवं कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt