फेन्सी साकोसको पदहस्तान्तरण सम्पन्न


भरतपुर/चितवनमा संचालित फेन्सी व्यवसायीहरुको सक्रियतामा संचालित फेन्सी बचत तथा ऋण सहकारी संस्थाको ९ औं साधारणसभाद्धारा निर्वाचित कार्यसमितिलाई आइतवार एक कार्यक्रमका विच पद हस्तान्तरण गरिएको छ । सहकारीको निवर्तमान कार्यसमितिले अध्यक्ष मेघराज कँडेलको नेतृत्वमा निर्वाचित १४ सदस्यीय नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरेको हो ।
सहकारीका निवर्तमान अध्यक्ष प्रकाश गैरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेफ्स्कुनका केन्द्रिय अध्यक्ष परितोष पौडेल प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी पौडेलले सहकारीलाई आर्थिक विकासको मेरुदण्डको रुपमा लिइएको वताउँदै व्यवस्थित सहकारी निर्माणमा जोड दिनु पर्ने वताउनु भयो । सहकारीले समुदायमा वचत गर्ने वानिको विकास गरेको वताउँदै उहाले आयआर्जन र उद्यम विकासमा सहकारीको महत्वपुर्ण भूमिका रहेको वताउनु भयो ।


कार्यक्रममा नेफ्स्कुनका केन्द्रिय उपाध्यक्ष शान्ति अधिकारी, लेखा सुपरिवेक्षण समितिका संयोजक नवराज सापकोटा, फेन्सि व्यवसायी संघ चितवनका अध्यक्ष खिमलाल अर्याल, सहकारीका उत्प्रेरक नारायणप्रसाद कँडेललगायतले वोल्नु भएको थियो । कार्यक्रममा सहकारीका निवर्तमान अध्यक्ष प्रकाश गैरेले नवनिर्वाचित अध्यक्ष मेघराज कँडेललाई सहकारीको पिन हस्तान्तरण गरि अध्यक्षको जिम्मेवारी हस्तान्तरण गर्नु भएको थियो ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा बालकृष्ण कँडेल, सचिवमा पदम केसी, कोषाध्यक्षमा बोधराज पौडेल रहेका छन् । सदस्यहरुमा तारादेवी पण्डित, निरोज न्यौपाने, रामचन्द सुवेदी, टेकनारायण सापकोटा, हरि शर्मा पौडेल, दुर्गाप्रसाद न्यौपाने, मञ्जु श्रेष्ठलगायत रहेका छन् । त्यसैगरी लेखा सुपरिवेक्षण समिती संयोजकमा शिवराज सुवेदी र सदस्यहरुमा बुद्धी कुमारी श्रेष्ठ (शारदा), भोजेन्द्र पौडेल रहेका छन् ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार