• लंकुमा गुरुकुल छात्रावास भवनको शिलान्यास


    भरतपुर/भरतपुर ४ स्थित धर्मचोक, लंकुमा रहेको श्रीलक्ष्मी वैकुण्ठनाथ मन्दिरद्वारा संचालित श्रीवैकुण्ठनाथ परमवैदिक विद्याप्रतिष्ठानम् (गुरुकुलम्) को छात्रावास भवन शिलान्यास गरिएको छ । वाग्मती प्रदेश सभा सदस्य विजय सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा उक्त विद्याप्रतिष्ठानका प्रधान संरक्षक स्वामी जगन्नाथाचार्य, शुकदेव भागवत आश्रम गैंडाकोट नवलपुरका उत्तराधिकारी स्वामी लक्ष्मणाचार्य, विद्याप्रतिष्ठानम् भौतिक पूर्वाधार निर्माण गुरुयोजना समितिका संयोजक बाबुराम खरेल, त्रिदण्डिदेव संस्कृत महाविद्यालय अयोध्याका भूतपूर्व वेदान्त विभागाध्यक्ष श्रीनिवासाचार्य, गुरुकुलका पूर्व प्राचार्य आचार्य दामोदर सापकोटा, गुरुकुल व्यवस्थापन समितिका अध्यक्ष भागीरथ कंडेल, गुरुकुल संचालक समितिका पूर्व अध्यक्ष नारायणप्रसाद सापकोटा, गुरुकुल संचालक समितिका उपाध्यक्ष लक्ष्मीधर अर्याल, सदस्य कमलनयन कंडेल, गुरुकुलका शिक्षकहरू माधव सापकोटा, डिल्लीप्रसाद सुवेदी, कृष्ण कंडेल, सुदर्शन कंडेल, पुष्कराक्ष गौतम लगायतको उपस्थिति रहेको थियो ।
    कार्यक्रममा बोल्दै वाग्मती प्रदेश सभा सदस्य विजय सुवेदीले एक पूर्ण मानव बन्नाका निम्ति संस्कृत शिक्षाको आवश्यकता औंल्याउँदै छात्रावास निर्माणका लागि तत्कालका लागि प्रदेश सरकारबाट ३० लाख रकम छुट्ट्याइएको र गुरुकुल विकासका लागि आगामी दिनहरूमा पनि सरकारबाट सहयोग दिलाउन आफुले पहल गर्ने बताउनुभयो । गुरुकुलका विद्यार्थीहरूद्वारा गरिएको स्वस्तिवाचन एवम् गुरुकुल संचालक समितिका अध्यक्ष यमलाल कंडेलद्वारा गरिएको स्वागत मन्तव्यका साथ शुभारम्भ भएको सो कार्यक्रम छात्रावास भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष हीरामणि खरालको सभापतित्वमा सम्पन्न भएको थियोे । उक्त छात्रावास भवन अनुमानित ३ करोड १ लाख लागतमा २४८५ वर्ग फिट क्षेत्रफलमा २४ कोठा र तीनतलाको बन्ने गुरुकुलका प्राचार्य डा.लक्ष्मीनाथ कंडेलले जानकारी दिनुभयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt