• उवासंघ चितवनको भेटघाट एवम् छलफल कार्यक्रम


    भरतपुर/उद्योग वाणिज्य संघ–चितवनले शनिबार संघको सचिवालयमा भेटघाट एवम् छलफल कार्यक्रम सम्पन्न गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ वाग्मती प्रदेशका पदाधिकारी र उद्योग वाणिज्य संघ–चितवन वीच छलफल कार्यक्रम भएको हो । छलफल कार्यक्रममा स्वागत गर्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष राजु श्रेष्ठले वाग्मति प्रदेशको आर्थिक रुपान्तरणका लागि यस क्षेत्रका उद्योग वाणिज्य संघहरुको साझा रणनीति तय गरि सामुहिक रुपमा अघि बढ्न अनुरोध गर्नुभयो ।
    कार्यक्रममा अध्यक्ष श्रेष्ठले स्रोत र साधनको प्रचुरता र मुख्य गरि पर्यटन विकासको ठुलो सम्भावना रहेको बाग्मती प्रदेशको विकासका लागि निजी क्षेत्रको तर्फबाट अल्पकालिन एवम् दीर्घकालिन योजना तय गरि अगाडी बढ्नुपर्ने बताउनु भयो । सोहि कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ बाग्मति प्रदेशका अध्यक्ष दिल सुन्दर श्रेष्ठले वाग्मती प्रदेशका उवासंघहरुको क्षमता अभिबृद्धि गर्दै यस क्षेत्रको विकासमा निजी क्षेत्रको भूमिका सशक्त पार्नका लागि आफु लागिरहने बताउनु भयो । कार्यक्रममा उहांले उद्योग वाणिज्य संघ–चितवन जस्तो सबल र सक्षम उवासंघले अन्य जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुलाई भगिनि सम्बन्ध स्थापना गर्दै अघि बढ्नुपर्ने बताउनु भयो ।
    कार्यक्रमा उद्योग वाणिज्य संघ–चितवनका निबर्तमान अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य सहनलाल प्रधानले वाग्मती प्रदेश उद्योग वाणिज्य संघको विकासका लागि नेपाल उद्योग वाणिज्य महासंघले सक्दो सहयोग गर्ने बताउंदै महासंघले आवधिक रणनिति तय गर्न लागेको बताउनुभयो । उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमा बाग्मती प्रदेशका उपाध्यक्षद्धय सविन श्रेष्ठ, दुर्गा राज श्रेष्ठ, कोषाध्यक्ष गुणराज श्रेष्ठ, कार्यसमिति सदस्य कैलाश पलाञ्चोके, प्रतिमा भट्ट, उद्योग वाणिज्य संघ–चितवनका प्रथम उपाध्यक्ष सुमन कुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको संघका कार्यकारि निर्देशक निलबहादुर केसीले बताउनु भयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt