• मसालजुलुसमा प्रहरी हस्तक्षेप, गिरफ्तार परेकाको रिहाईको माग


    भरतपुर/नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा संगठन राष्ट्रिय युवा संघ नेपाल चितवनद्धारा आयोजिक विरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा संसद बिघटन गरिएको असंवैधानिक कदमका बिरुद्ध राष्ट्रिय युवा संघ नेपालद्वारा घोषित शान्तिपुर्ण संघर्षको कार्यक्रम अन्तरगत बिहीबार नारायणगढमा मसाल जुलुस निकालिएको थियो ।


    मसाल जुलुसमा युवाहरुमाथि प्रहरीले लाठी प्रहार सहित दमन गरि गिरफ्तार तथा धरपकड गरेको थियो । शान्तिपुर्ण विरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै नेकपा चितवनले प्रहरीको उक्त कार्यप्रति खेद प्रकट गरेको छ । नेपाल क्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियार र सचिव कृष्णभक्त पोखरेलद्धारा हस्ताक्षरित विरोधपत्रमा गिरफ्तार युवाहरुलाई तत्काल रिहाईको माग गरेको छ ।
    विरोध कार्यक्रममा सहभागि भएका कारण गिरफ्तार हुनुभएका भानु न्यौपाने र विशाल कंडेललाई विनाशर्त तत्काल रिहा गर्न जोडदार माग गर्दै विज्ञप्तिमा प्रहरीको लाठी प्रहारवाट घाईते भएकाहरुको सिघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt