• वार्षिकोत्सवको अवसरमा लोककल्याणकारीको रक्तदान


    भरतपुर/भरतपुर ४ वैद्धिकनगर स्थित लोककल्याणकारी बचत तथा ऋण सहकारी सस्था लि.को १४ औं वार्षिक उत्सव एवं २५ औं स्थापना दिवसको अवसरमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लोककल्याणकारी बचत तथा ऋण सहकारी सस्था लि.का अध्यक्ष नारायणप्रसाद कँडेलको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा भरतपुर ४ का वडा अध्यक्ष हरिप्रसाद आचार्य प्रमुख अतिथी रहनु भएको थियो ।
    प्रमुख अतिथी आचार्यले सहकारीका शेयर सदस्य कृष्णवहादुर खड्कालाई व्लडव्याग हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी आचार्यले रक्तदानलाई जीवनदानको रुपमा चर्चा गर्दै रगतको अभावले ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिन रक्तदानमा जोड दिनुपर्ने वताउनु भयो । रक्तदान गर्दा मानिसको स्वास्थ्यलाई झनै राम्रो हुने वताउँदै समय समयमा रक्तदान गर्नुपर्ने वताउनु भयो ।


    सहकारी आर्थिक विकासको मेरुदण्ड भएको वताउँदै आचार्यले सहकारीले बचत गर्ने बानीको विकास संगै लाखौ युवाहरुलाई स्वरोजगार बनाउन सहयोग गरेको वताउनु भयो । सहकारीले आयोजना गरेको रक्तदान कार्यक्रमले जिल्लामा भएको रगत अभाव कम गर्न टेवा पु¥याउने वताउँदै सहकारीका कार्यसमिति सदस्य, स्वास्थ्य समिति संयोजक एवं रक्तदान कार्यक्रम संयोजक गुणराज पौडेलले कार्यक्रममा २५ जनाले रक्तदान गरेको जानकारी दिनुभयो । सहकारीका सचिव नारायणप्रसाद कँडेलले कार्यक्रम संचालन गर्नु भएको थियो ।
    सहकारीको १४ औं वार्षिक उत्सव एवं २५ औं स्थापना दिवसको अवसरमा आइतबार विभिन्न किसिमका सम्मान कार्यक्रम एवं प्रभातफेरी कार्यक्रम आयोजना गरिएको सहकारीका सहसचितव वसन्त न्यौपानले जानकारी दिनु भयो । वार्षिकोत्सव एवं स्थापना दिवसको अवसरमा भोली (आइतबार) ८० वर्ष उमेर पुगेका जेष्ठ शेयरसदस्यहरुलाई सम्मान स्वरुप मासिक पाँचसय रुपैयाँ वितरण गर्ने कार्यक्रम उद्घाटन गरिने जानकारी दिनुभयो ।
    यसैगरी वैद्धिकनगर क्षेत्रका ७० वर्ष पुरा भएका जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य बीमा गर्ने, उत्कृष्ट वचतकर्ता, उत्कष्ट कर्जा परिचालक, उत्कृष्ट कर्मचारी र सामुदायीक तथा सस्थागत विद्यालयवाट यसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीलाई सम्मान गर्ने कार्यक्रम रहेको सहकारीका सहसचिव न्यौपानेले वताउनु भयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt