• चितवन रोटरीको शिक्षक तालिम कार्यक्रम


    भरतपुर/रोटरी क्लव अफ चितवनको आयोजनामा शनिबार भरतपुरमा एक दिने टिचर्स ट्रेनिङ (शिक्षक तालिम) कार्यक्रम सम्पन्न भएको छ । क्लवका अध्यक्ष रोशन पियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दुर्गा माध्यमिक विद्यालय नवलपुर, चमेलीदेवि पिया माध्यमिक विद्यालय नारायणगढ, राष्ट्रिय आधारभूत विद्यालय लागौटा भरतपुर, सिताराम सस्कृत माध्यमिक विद्यालय देवघाटमा अध्यापनरत करिव ३० जना शिक्षकहरुको सहभागिता रहेको थियो ।
    रोटरी क्लव अफ चितवनका पुर्व अध्यक्ष चन्द्रमान श्रेष्ठ प्रमुख अतिथी रहनु भएको उक्त कार्यक्रममा लिला खत्री, जया घिमिरे, अस्मिता रेग्मी लगायतले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी श्रेष्ठले तालिममा सिकेका विषयलाई व्यवहारमा कार्यान्वयन गर्नु महत्वपुर्ण कुरा भएको वताउनु भयो ।
    रोटरी नेपाल लिट्रेसी मिसन अन्तरगत सन् २०३० सम्म साक्षर नेपाल वनाउने अभियानलाई सार्थक पार्न उक्त तालिम कार्यक्रम आयोजना गरिएको रोटरी क्लव अफ चितवनका पुर्व अध्यक्ष एवं टिचर्स ट्रेनिङ कार्यक्रमका संयोजक केशव कुमार श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा रोटरी क्लव अफ चितवनका पुर्व अध्यक्ष शरदगोपाल न्याच्छौं, कपिलवाबु खनाल, प्रथम उपाध्यक्ष भानु शर्मा, रोट्याक्ट क्लव अफ चितवनकी पुर्व अध्यक्ष शोभा वराली लगायतको सहभागिता रहेको थियो । तालिममा शिक्षण सिकाईलाई कसरी प्रभावकारी वनाउने भन्ने विषयमा प्रशिक्षण दिईएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt