• किवानिज क्लब अफ चितवनको वार्षिकोत्सव सम्पन्न


    भरतपुर/बालबालिको क्षेत्रमा महत्वपूर्ण काम गर्दै आईरहेको किवानिज क्लब अफ चितवनको तेस्रो वार्षिकोत्सव सम्पन्न भएको छ । यही २०७७ माघ १६ गते चितवन गार्डेन रिसोर्टमा एक कार्यक्रमको आयोजना गरी क्लबले स्थापना दिवस मनाएको हो । क्लबका सभापति टिकाराम कडेलको अध्यक्षतामा भएको कार्यक्रममा किवानिज नेपाल डिस्ट्रिक्स्का गभर्नर मोहन लम्साल प्रमुख अतिथि रहनु भएको थियो ।
    ३ बर्ष अगाडी स्थापना भई बालबालिकाका स्वास्थ्य र शिक्षाका क्षेत्रमा विभिन्न कार्यक्रम मार्फत सहयोग पु¥याउदै आएको किवानिज क्लब अफ चितवन नेपालका रहेका ६८ वटा किवानिज क्लब मध्ये उत्कृष्ट क्लबमा पर्ने कार्यक्रमका प्रमुख अतिथि लम्सालले बताउनु भयो । बक्ताहरुले किवानिज चितवनले गरेका कामहरुको खुलेर प्रसंशा गर्दै क्लबले प्राविधि पक्षहरुलाई व्यवस्थित गर्दै अगाडी बढेमा दीर्घकालिन परियोजनाहरु पनि संचालन गर्न सक्षमहुने विश्वास व्यक्त गर्नु भएको थियो ।
    हाल किवानिज क्बल चितवनमा २५ जना सदयहरु रहेका छन् । क्लबले आगामी बर्षहरुमा गुणात्मक सदस्यहरु वृद्धि गर्दै बालबालिकाको स्वास्थ्य, शिक्षाका साथ साथै रचनात्मक क्रियाकलापहरु संचालन गरीे थप सहयोग पु¥याउने योजना रहेको अध्यक्ष टिकाराम कडेलले बताउनु भयो । कार्यक्रममा पाहुना तथा सदस्यहरु गरी करिव ५० जनाको सहभागिता रहेको थियो उपस्थित महानुभावहरुलाई क्लबका पे्रसिडेन्ट इलेक्ट कृष्णराज पौडेलले स्वागत गर्नु भएको थियो भने कार्यक्रम संचालन सचिव श्यामबन्धु पोखरेलले गर्नु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt