• युनियन लाईफ इन्स्योरेन्स र स्वर्णलक्ष्मीद्धारा बीमा रकम हस्तान्तरण


    भरतपुर/नेपालकै लोकप्रिय जीबन बीमा कम्पनी युनियल लाईफ इन्स्योरेन्सले बार्षिक नबिकरण सामुहिक म्यादी जिबन बीमा योजना अन्तरगत स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. चितवन मार्फत बिहीबार संयुक्त रुपमा कार्यक्रम आयोजना गरी बीमा दावी रकम १३ लाख ५६ हजार रुपैया हस्तान्तरण गरेको छ । बीमा कम्पनी र सहकारीले आफ्ना वीमित तथा शेयर सदस्य भरतपुर–११, जागृतीचोक निवासी स्व. रामभक्त ढकालको परिवारलाई सो बीमा रकम हस्तान्तरण गरेको हो ।


    कोभिड–१९को संक्रमणको कारण गत कार्तिक २३ गते निधन भएका ढकालले इन्स्योरेन्सको चनौली शाखावाट सिमित भुक्तानी योजना अन्तरगत र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. भरतपुरबाट सामुहिक जमानी कर्जा उपभोग गर्दाका बखत सहकारी संस्थाको पहलमा यूनियन लाईफ ईन्स्योरेन्स कम्पनि लि.टाँडी मार्फत ऋण रकम बराबरको बार्षिक नबिकरण सामुहिक म्यादी जिबन बीमा गर्नु भएको युनियन लाइफ इन्स्योरेन्सका चनौली शाखा प्रमुख ध्रुवराज मिश्रले जानकारी दिनुभयो ।
    विमाको नीति अनुसार मृतकलाई प्रदान गरिने काजक्रिया खर्च र आर्जित वोनस समेत सो अवसरमा हस्तान्तरण गरिएको थियो । बिमाङ्क रकमबाट सहकारी संस्थाको बक्यौता ऋण रकमकट्टा गरी बाँकी रकम यूनियन लाईफ ईन्स्योरेन्स कम्पनि लि.का टाँडी शाखा प्रमुख भिम प्रसाद उपाध्याय, चनौली शाखा प्रमुख ध्रुब राज मिश्र, सहकारी संस्थाका अध्यक्ष कृष्ण कुमार तामाङ र सस्थाका प्रमुख कार्यकारी अधिकृत तुलसी राम थापाले संयुक्त रुपमा बिमितको आश्रीत् श्रीमती उमा ढकाललाई सो रकम हस्तान्तरण गर्नु भएको हो ।
    सो अवसरमा परिवारको तर्फबाट वोल्दै ढकालका दाजु वामदेव ढकालले बीमाको महत्व वल्ल वुझेको वताउँदै भाईले वेलैमा वुद्धि पु¥याएर बीमा गरेकोले अहिले थोरै भए पनि आर्थिक भार कम भएको वताउनु भयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt