• पिउने पानी उत्पादन मापदण्ड सम्वन्धि गोष्ठि


    भरतपुर/खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनको आयोजनामा शुक्रबार नारायणगढमा एकदिने गोष्ठि सम्पन्न भएको छ । पानी उत्पादन व्यवसायीको सहभागितामा प्रसोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धि निर्देशिकामा भएका ब्यवस्थाहरु बिषयक एक दिने गोष्ठि नारायणगढमा सम्पन्न भएको हो ।
    उक्त कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय हेटौंडाका प्रमुख बरिष्ठ खाद्य अधिकृत सोमकान्त रिजाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारी, प्रदिप काफ्ले लगायतले सहजीकरण गर्नु भएको थियो । नेपाल बोटल वाटर उद्योग संघ केन्द्रिय उपाध्यक्ष, केन्द्रिय सदस्य एवंम् चितवन–नवलपुर क्षेत्रका ३० वटा पानी उद्योगका उद्योगी तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt