• देवआदर्श साकोसमा मिश्रको नेतृत्व


    भरतपुर/गीतानगर स्थित देवआदर्श वचत तथा ऋण सहकारी सस्थाको शनिबार सम्पन्न ९ औं वार्षिक साधारणसभा तथा ५ औं अधिवेशनले ध्रुवराज मिश्रको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा प्रकाश गुरुङ, सचिवमा महेन्द्र प्रसाद कोइराला, सहसचिवमा दिपेन्द्रराज पौडेल, कोषाध्यक्षमा अनुप कोइराला रहनु भएको छ । यसैगरी, सदस्यहरुमा सीता कुमारी अधिकारी, सुदिप भट्ट, शिवराज न्यौपाने, तुल्सीराम पापकोटा, तीर्थराज न्यौपाने, चन्द्रकला वाग्ले कोइराला निर्वाचित हुनु भएको छ ।
    यसैगरी सस्थाको लेखासमिति संयोजकमा डोलनारायण श्रेष्ठ, सदस्यहरुमा शिवहरी पण्डित र रामचन्द्र तिवारी चयन हुन भएको छ । साधारणसभा तथा अधिवेशन कार्यक्रममा वोल्दै प्रमुख अतिथी नेफ्स्कुन केन्द्रीय सदस्य एवं चितवन जिल्ला वचत तथा ऋण सहकारी संघकी उपाध्यक्ष विद्या कोइरालाले सहकारी विकासमो मेरुदण्ड भएको वताउनु भयो । देवआदर्श साकोसले छोटो समयमा फड्को मारेको वताउँदै कोइरालाले निर्वाचित कार्यसमितिले आगामी दिनमा सहकारीलाई जिल्लाकै नमुना सहकारीको रुपमा विका गर्ने विचार व्यक्त गर्नु भयो ।
    साधारणसभामा सहकारीका पुर्व अध्यक्ष राजेन्द्र प्रसाद कोइराला, वार्ड सदस्य देवमित्र पण्डित, सदस्य जनार्दन पौडेललगायतले वोल्नु भएको थियो । कार्यक्रममा सहकारीका अध्यक्ष विष्णु प्रसाद अधिकारीले अध्यक्षको प्रतिवेदन, सचिव महेन्द्रप्रसाद कोइरालाले सचिवको प्रगति प्रतिवेदन र कोषाध्यक्ष प्रकाश गुरुङले आर्थिक प्रतिवेदन, लेखा समितिका संयोजक डोल नारायण श्रेष्ठले लेखा समितिको प्रतिवेदन पेश गर्नु भएको थियो ।
    सहकारीका पुर्व अध्यक्ष राजेन्द्रप्रसाद कोइराला, पशुपति अधिकारी, सस्थापक उपाध्यक्ष प्रकाशराज पाठक, सदस्यहरु भुवन अधिकारी, वसन्तप्रसाद जमरकट्टेल, वाड सदस्य आइतिमाया राना, शर्मिला परियार, सल्लाहकार देवेन्द्रराज अधिकारी, चन्द्रकान्त कोइराला, विष्णुप्रसाद शर्मा, डोलनाथ अधिकारी, पुर्व कोषाध्यक्ष सुरेशचन्द्र न्यौपाने, पुर्व संचालक रमेश कोइराला, राजन कुमार श्रेष्ठलगायतको सहभागिता रहेको उक्त कार्यक्रम सहकारीका अध्यक्ष विष्णु प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो । साधारणसभामा वोल्दै नवनिर्वाचित अध्यक्ष मिश्रले सहकारीलाई जिल्लाकै नमुना सहकारीको रुपमा स्थापित गराई सदस्यहरुलाई धेरै भन्दा धेरै लाभांश वितरण गर्ने प्रतिद्धता व्यक्त गर्नुभयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt