• कार्की र भट्टको पहिलो माया वजारमा आउने


    भरतपुर/वहुचर्चित गायक विनय कार्की र नवगायिका उषा भट्टको आवाजमा रहेको गित पहिलो माया छिट्टै वजारमा आउने भएको छ । पछिल्लो समय नेपाली सांगितिक क्षेत्रमा थप योगदान गर्ने उदेश्यले दर्शक एवं स्रोताको आवश्यकतालाई मध्यनजर गरि गित वजारमा ल्याउन खोजेको गायिका भट्टले जानकारी दिनु भयो ।
    उक्त गित यहि माघ महिनाको अन्तिम सम्म बजारमा ल्याउने गरि तयारी भइरहेको वताउँदै उहाले म्युजिक भिडियो छायांकनको काम तीव्र पारिएको जानकारी दिनु भयो । सरद पाण्डेको शब्द अनि बिनय कार्कीको संगीत संयोजन रहेको उक्त गितले आम दर्शक एवं स्रोताको मन जित्न सफल हुने भट्टको दावी रहेको छ । गित सार्वजनिकको तयारी भईरहेको छ । गायक बिनय कार्की नेपाली सांगीतिक बजारमा स्थापित नाम हो । कार्कीको धेरै गीतहरु बजारमा चर्चित छन् भने गायिका भट्टको भने यो पहिलो गित हो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt