• उवासंघ चितवनको स्थापना दिवसमा विविध कार्यक्रम


    भरतपुर/उद्योग वाणिज्य संघ–चितवनले विविध कार्यक्रमहरुको आयोजना गरि स्थापना दिवस मनाएको छ । संघको सचिवालयमा एक कार्यक्रमको आयोजना गरि ६१ औं स्थापना दिवस मनाइएको हो । स्थापना दिवसको अवसरमा बोल्दै संघका अध्यक्ष राजु श्रेष्ठले संघलाई बर्तमान अवस्थामा ल्याई पु¥याउनका लागि अग्रज, पूर्व अध्यक्ष, पूर्व कार्यसमिति सदस्यलगायत शुभचिन्तकहरुको अमुल्य योगदान रहेको बताउंदै उहांहरु प्रतिआभार व्यक्त गर्नुभयो । कार्यक्रममा अध्यक्ष श्रेष्ठले कोभिडका कारण क्षतविक्षत भएको उद्योग व्यवसाय क्षेत्रलाई प्रबद्र्धन गर्नका लागि संघले कठिन परिस्थितिमा पनि बिभिन्न कार्यक्रम सम्पन्न गर्न सकेको बताउनु भयो ।
    उहांले संघले चितवन जिल्लाको समग्र विकासका लागि कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रलाई आधार स्तम्भको रुपमा लिई कार्यक्रम सञ्चालन गरिरहेको बताउंदै उद्योगीव्यवसायीको हक, हितको संरक्षण, संबद्र्धन र प्रबद्र्धन गर्दै जिल्लाको आर्थिक रुपान्तरणमा सदैव सक्रिय भूमिका निर्वाह गर्ने बताउनु भयो । कार्यक्रममा प्रमुख अतिथि एवम् संघका पूर्वअध्यक्ष प्रचण्डलाल प्रधानले संघको ईतिहांस गौरवमय र अन्य उवासंघहरुको लागि पनि प्रेरणादायी रहेको बताउंदै संघले आफुलाई समयानुकुल परिमार्जन गर्दै लैजानु पर्ने बताउनु भयो । कार्यक्रममा प्रमुख अतिथि प्रधानले चितवन जिल्लालगायत देशकै आर्थिक, सामाजिक एवम् शैक्षिक विकासमा संघले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भयो । कार्यक्रममा प्रमुख अतिथि, पूर्वअध्यक्ष संघका पदाधिकारी एवम् कार्यसमिति र वस्तुगत संघका अध्यक्षहरुले संयुक्त रुपमा ६१ वटा दीप प्रज्ववलन गरेको थिए । संघले आफ्नो ६१ औं स्थापना दिवसको अवसरमा संघको परिसरमा निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमको आयोजना गरेको थियो ।
    नेशनल सिटी हस्पिटलको सहयोगमा सञ्चालित उक्त स्वास्थ्य परिक्षण कार्यक्रममा ८० जनाले निशुल्क प्रेसर जा“च, सुगर परिक्षणलगायतका सेवा लिएको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिनुभयो । स्थापना दिवस समारोहमा संघका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, फेन्सी व्यवसायी संघका अध्यक्ष माधव प्रसाद अधिकारी लगायतले बोल्नुभएको थियो । उक्त कार्यक्रम पश्चात संघले चितवनको पटिहानीमा वार्षिक समिक्षा गोष्ठी समेत आयोजना गरेको सचिवालयले जनाएको छ । संघका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षता एवम् पूर्व अध्यक्ष प्रचण्डलाल प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम संघका कार्यकारी निर्देशक निलबहादुर केसीले सञ्चालन गर्नुभएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt