• संबिधानको रक्षाका लागि काँग्रेस सडकमा आएको होः श्रेष्ठ


    भरतपुर/नेपाली काँग्रेस चितवनका सभापती जीतनारायण श्रेष्ठले काँग्रेस निर्वाचन संग नडराएको बताउनुभएको छ । नेपाली काँग्रेसका भातृ संस्थाहरुले सोमबार यहाँ आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्नुहुँदै उहाँले काँग्रेस निर्वाचन संग डराएर नभई संबिधानको रक्षाका लागि सडकमा आएको बताउनुभएको हो । अहिले संसद पुर्नस्थापनाको बिकल्प नरहेको भन्दै उहाँले अब संसद पुनस्थापना पछि काँग्रेसको नेतृत्वमा वनेको सरकारले मात्र निर्वाचन गराउने बताउनुभयो ।
    अहिले सरकारले अधिनायकबाद लाद्न खोजेको भन्दै उहाँ सरकारले संसद भंग गरेर आफ्नो अधिनायकबाद लाद्न खोजेको र यो कहिले सच्चिने हो ? भनेर अदालतलाई प्रश्न गर्नुभा । काँग्रेस संसद पुर्नस्थापना नभए सम्म सडकमा रहने बताउँदै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन गर्न संसद भंग नगरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो “ओली सरकारले आफ्नो अधिनायकबाद लाद्नका लागि संसद भंग गरेका हुन । यसलाई जनताले सच्याउने छन् ।” उहाँले प्रधानमन्त्री ओलीललाई कमेडी च्याम्पीयनको संज्ञा समेत दिनुभयो । सभापती श्रेष्ठले थप्नुभयो “प्रधानमन्त्री ओली जी अव प्रधानमन्त्री होइन कमेडी च्याम्यिन हो ।” ओजीललाई अहिले जनतामा माझ जान समेत डर हुन थालेको उहाँको भनाई थियो ।
    बिरोध सभामा नेपाल महिला संघ चितवनकी अध्यक्ष पार्वती शाह ठकुरी, नेपाल बिद्यार्थी संघ चितवनका अध्यक्ष सूर्य ढकाल, नेपाल दलित संघ चितवनकी अध्यक्ष शान्ति परियार , आदिवासी जनजाती संघ चितवनका कार्यवहाक अध्यक्ष राजकुमार श्रेष्ठ लगाएतले बोल्नु भएको थियो । नेपाल तरुणदल चितवनका अध्यक्ष राजन ताम्राकारको अध्यक्षतामा सम्पन्न सभा सुरु हुनु अघि सदरमुकामका बिभिन्न स्थानबाट बिरोध जुलुस निस्किएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt