• विश्व क्यान्सर दिवसको अवसरमा दीप प्रज्वलन


    भरतपुर/विश्व क्यान्सर दिवसको अवसरमा बिहीबार भरपुर स्थित चौविसकोठीमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । नेपाल अर्वुद रोग निवारण सस्था चितवन शाखाको आयोजनामा सम्पन्न भएको दीप प्रज्वलन कार्यक्रममा सस्थाका केन्द्रिय उपमहासचिव वद्रीनाथ पोखरेल प्रमुख अतिथी रहनु भएको थियो ।
    सुर्तिजन्य पदार्थ रहित समाजको सिर्जना, हाम्रो परिकल्पना भन्ने मुल नाराका साथ विश्वका क्यान्सर रोगीहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै दिप प्रज्वलन गरिएको हो । नेपाल अर्वुद रोग निवारण सस्था चितवन शाखाका सभापति दिनेश कुमार चुकेको अध्यक्षतामा भएको उक्त कार्यक्रम सस्थाका कार्यसमिति सदस्य अर्जुन अधिकारीको संयोजनमा सम्पन्न भएको थियो ।


    कार्यक्रममा सस्थाका उपसभापति गोविन्द प्रसाद पौडेल, सचिव हरि पौडेल, सहसचिव रोशन थापा, सदस्यहरु केशवप्रसाद अधिकारी, सन्ध्यालक्ष्मी चुके, रत्नबहादुर थापालगायतको सहभागिता रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt