• जेष्ठ नागरिक संघको भवन उद्घाटन


    भरतपुर/जेष्ठ नागरिक संघ चितवनको भवनको पहिलो तला मंगलवार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले उक्त भवनको उद्घाटन गर्नु भएको हो । भवनको पाहिले तला निर्माण गर्दा भरतपुर महानगरको १५ लाख ५६ हजार रुपैयाँ र संघको १ लाख ७३ हजार रुपैयाँ लगानी भएको संघका सचिव भोजराज न्यौपानेले जानकारी दिनुभयो ।
    कार्यक्रममा वोल्दै प्रमुख दाहालले दाहालले जेष्ठ नागरिकलाई समाजको गहना र प्रेरणको रुपमा चर्चा गर्नु भयो । जेष्ठ नागरिकलाई सम्मान गर्न सकेमात्र भानिस भएर वाच्नुको सार्थकता हुने उहाको भनाई थियो । जेष्ठ नागरिकको हरेक समस्यामा आफु सदैव साथमै रहने वताउँदै प्रमुख दाहालले जेष्ठ नागरिकका मागहरु पुरा गर्न आफु सदैव प्रयत्नशिल रहने प्रतिवद्धता जनाउनु भयो ।
    भरतपुर–१० का वडाध्यक्ष अरुणपीडित भण्डारीले मन्दिर परिसरलाई हरियाली पार्क बनाउन सहयोग गर्ने बताउनुभयो । संघका अध्यक्ष केदारनाथ तिमिल्सिनाले जेष्ठ नागरिकलाई गोलबद्ध गर्दै हकअधिकारको वकालत गर्दै आएको बताउनुभयो । संघले डे केयर सेन्टर, भजन किर्तन, भेला छलफल, स्वास्थ्य शिविर लगायतका गतिविधि गर्दै आएको छ । कार्यक्रममा संघका सल्लाहकार बद्री तिमिल्सिना, इश्वरी पौडेल, उपाध्यक्ष माधव शर्मा घिमिरे, सचिव भोजराज न्यौपाने, कोषाध्यक्ष देवी सापकोटालगायतले वोल्नु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt