• लक्की मिडियाले बार्षिकोत्सव मनाउँदै


    भरतपुर/चितवन स्थित लक्की मिडिया हाउसले आफ्नो पांँचौ बार्षिकोत्सव मनाउने भएको छ । पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांँग्रेसका युवा नेता गगन थापाको प्रमुख आतिथ्यतामा यही फागुन ३ गते भरतपुरको सिजी ल्याण्डमार्कको चितवन सिनेप्लेक्स हलमा मनाउन लागिएको हो । बार्षिकोत्सवको शुभकामना तथा सम्मान कार्यक्रममा विशिष्ट अतिथिमा वरिष्ठ कलाकार नीर शाह, यस्तै अन्य कलाकारमा सौगात मल्ल, बिपिन कार्की, रोशनी केसी, चेतबहादुर सिंह ‘राजा’ अतिथिको रुपमा आउनुहुने कार्यक्रम रहेको छ । यस्तै कार्यक्रममा गायिका जुनु गौतम, विभिन्न क्षेत्रका प्रतिष्ठित व्यत्तित्व, नेता तथा समाजसेवी लगायतका व्यक्तित्व रहने र कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको मिडिया हाउसका महाप्रबन्धक हरी कार्की ‘लक्की’ ले जानकारी दिनुभयो ।
    उहांँका अनुसार कार्यक्रममा विभिन्न क्षेत्रमा समाज रुपान्तरणका लागि योगदान तथा भूमिका खेल्नु भएका व्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत गरिनेछ । बार्षिकोत्सवमा साहित्यकार झमक घिमिरेद्धारा लिखित चलचित्र ‘जीवन कांँडा की फूल’ प्रर्दशन गरिने महाप्रबन्धक कार्कीले बताउनु भयो । कोरोनाको प्रभाव कम हुदै गएपनि मिडिया हाउसले स्वास्थ्य मापदण्ड अपनाएर बार्षिकोत्सव मनाउन लागिएको कार्कीको भनाई छ । लक्की मिडिया हाउस चितवनले विभिन्न नेपाली चलचित्रहरुको कलाकाहरुको साथमा रेड कार्पेट प्रिमियर शो, प्रिमियर शो, विशेष शो, च्यारीटी शोे, एकल साँझ, बिभिन्न सांगीतक कार्यक्रम र अवार्ड लगायत अन्य कार्यक्रमहरु गर्दै आएको छ । मिडिया हाउसद्धारा हाल चितवन खबर अर्ध साप्ताहिक र ई चितवन खबर डट कम सञ्चालनमा छन ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt