• रोटरी र लायन्सद्धारा छात्रवृत्ति वितरण


    भरतपुर/रोटरी क्लब अफ चितवन र लायन्स क्लव अफ नारायणगढ चित्रवनको आयोजनामा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ । तनहुँ ऋषिङ स्थित श्री शिव सरस्वती माध्यमिक विद्यालयमा अध्यायनरत २२ जना गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई विद्यालयको ४६ औं वार्षिकोत्सवको अवसरमा छात्रवृत्ति वितरण गरिएको हो । रोटरी क्लव अफ चितवनले ११ जना, लायन्स क्लव अफ नारायणगढ चित्रवनले ६ जना, वाँकी ५ जनालाई रोटरी क्लव अफ नारायणगढ र धनलक्ष्मी बचत तथा ऋण सहकारी लिमिटेडले छात्रवृत्ति वितरण गरेको रोटरी क्लव अफ चितवनका प्रथम उपाध्यक्ष दिपक प्रधानले जानकारी दिनुभयो ।

    रोटरी क्लव अफ चितवनले वितरण गरेको मध्ये पुर्व अध्यक्ष प्रचण्डलाल प्रधानबाट १ जना, पुर्व अध्यक्ष उत्तमलाल चुकेबाट १ जना, पुर्व अध्यक्ष शरदगोपाल न्याच्छौं तथा उहाँकी एनी सम्झना न्याच्छ्यौंबाट २ जना, अध्यक्ष रोशन पियाबाट १ जना, प्रथम उपाध्यक्ष दिपक प्रधान र उहाँकी एनी रोश्नी प्रधानबाट २ जना, कोषाध्यक्ष गेहेन्द्रमान श्रेष्ठबाट १ जना, सदस्य शिरिष पन्तबाट १ जना, मनोज श्रेष्ठबाट १ जना र रोट्याक्ट क्लब अफ चितवनबाट १ जनालाई छात्रवृत्ति शौजन्य गरिएको थियो । कार्यक्रममा वोल्दै रोटरी क्लव अफ चितवनका अध्यक्ष रोशन पियाले क्लवले गरेको सामाजिक काम र नेपाल रोटरीले विशेष महत्वमा राखेको शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, स्वच्छता एवं व्याक टु स्कुल कार्यक्रमको वारेमा जानकारी गराउनु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt