होटलको स्तरिकरणले व्यवसायी उत्साहित


सन्तोष देवकोटा
भरतपुर/खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय चितवनले विभिन्न मापदण्डको आधारमा जिल्लाका होटललाई स्तरिकरण गरेपछि होटल व्यवसायमा उत्साह देखिएको छ । गत वर्ष सौराहाका होटल स्तरिकरण गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय चितवनले यसवर्ष नारायणगढका दर्जन वढि होटल स्तरिकरण गरेको थियो । होटलको स्तरिकरण पछि होटल व्यवसायमा उत्साह छाएको होटल व्यवसायी संघ चितवन अन्तरगत नारायणगढ वजार इकाईका अध्यक्ष कृष्ण महतोले जानकारी दिनुभयो ।
होटलको स्तरिकरण गरेपछि पाहुना (गेष्ट)ले हेर्ने नजर नै परिवर्तन भएको वताउँदै महतोले त्यो भन्दा धेरै होटल व्यवसायी आफैमा अनुशास पैदा भएको दावी गर्नु भयो । पहिले भन्दा होटल व्यवस्थापन, उत्पादिन खाद्यवस्तु र सेवामा गुणस्तर ल्याउन स्तरिकरणले सहयोग गरेको उहाको भनाई थियो । स्तरिकरण भन्दा पहिले गरिएको अभिमुखिकरण तालिमले होटल व्यवसायीलाई व्यवसाय थप व्यवस्थित र मर्यादित वनाउन सहयोग पु¥याएको वताउँदै महतोले पाहुनाको सन्तुष्टि र स्वास्थ्यमा ध्यान दिएर व्यवसाय संचालन गर्न सकेमात्र सफल भइने वताउनु भयो ।
होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठले होटल स्तरिकरण गरेपछि व्यवसायीमा उत्साह र पाहुनामा विश्वास वढेको वताउनु भयो । स्तरिकरण पछि नारायणगढ क्षेत्रका होटलमा गुणस्तर थप वृद्धि भएको वताउँदै उहाले मुग्लिन, रामनगर सिमलताल, भरतपुर लगायतका क्षेत्रका होटल स्तरिकरण गरिने जानकारी दिनुभयो । पहिले आफै पुरानो शैलीवाट संचालित होटल पनि स्तरिकणको कारणले आवश्यक मापदण्ड पुरा गरि संचालनमा आएको वताउँदै श्रेष्ठले यसले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय चितवनका प्रमुख घननाथ अधिकारीले ५० बुँदे खाद्य स्वच्छताका मापदण्डको आधारमा होटलको स्तरिकरण गरिएको वताउनु भयो । कुल सय पुर्णाङ्कमा ५० देखि ६४ प्रतिशत अंक ल्याउनेलाई समान्य, ६५ देखि ७९ प्रतिशत अंक ल्याउनेलाई सन्तोषजनक (एक तारा), ८० देखि ८९ प्रतिशत अंक ल्याउनेलाई उत्तम (दुई तारा), ९० भन्दा धेरै प्रतिशत अंक ल्याउने होटललाई अतिउत्तम (तीन तारा) गरि चार तहमा वर्गिकरण गरिएको जानकारी दिँदै प्रमुख अतिकारीले आगामी दिनमा क्रमस अन्य होटलको स्तरिकरण गरिने वताउनु भयो ।
कार्यालयका खाद्य निरिक्षक प्रदिप काफ्लले स्तरिकरणमा होटल ह्याप्पी होम कमलनगर, मामाघर तन्दुरी एण्ड तास रेष्टुरेन्ट लायन्सचोक, होटल न्यू हेवन पुल्चोक र होटल मुक्तिनाथ पुल्चोकले दुई तारा, जमघट रेष्टुरेन्ट सहिदचोकले एक तारा, न्यू होटल होलिडे होम पुल्चोक, न्यू होटल जम्काभेट नारायणगढ र मान्द्रो टिपिकल चुलो लायन्सचोकले पहेँलो स्टिकर पाएको जानकारी दिनुभयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार