• होटलसंघको दुई दिने कार्ययोजना गोष्ठि सुरु


    सन्तोष देवकोटा
    भरतपुर/होटल व्यवसायी संघ चितवनको दुई दिने योजना तर्जुमा गोष्ठि शुक्रबारवाट माडीमा सुरु भएको छ । संघको आर्थिक वर्ष २०७७÷७९ कार्यकालको लागि आयोजना गरिएको कार्ययोजना तर्जुमा गोष्ठि उद्योग संघ चितवनका अध्यक्ष राजु पौडेलले उद्घाटन गर्नु भएको हो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी पौडेलले उद्योग व्यवसाय प्रवद्र्धनको लागि गुणस्तरीय सेवामा ध्यान दिनुपर्ने वताउनु भयो । अर्थतन्त्रले राजनीतिलाई डो¥याउन पर्नेमा जोड दिँदै पौडेलले पर्यटन उद्योगमा होटल व्यवसायको महत्वपुर्ण भूमिका रहेको वताउनु भयो । उद्योगी व्यवसायीको हक हितको लागि आफु सदैव लागिपर्ने वताउँदै उहाले व्यवसायीहरुका विचमा एकता अपरिहार्य रहेको वताउनु भयो ।
    कार्यक्रमका विशेष अतिथी उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष एवं वस्तुगत संघका संयोजक ई. भोजराज कौडेलले विश्वभर फैलिएको कोरोना संक्रमणले सवैभन्दा वढि होटल तथा पर्यटन व्यवसायमा मार परेको वताउँदै लाकडाउन र कोरोना संक्रमणको कारण अधुरा वनेको अघिल्लो कार्यसमितिको सपना वर्तमान कार्यसमितिले पुरा गर्ने विश्वास व्यक्त गर्नुभयो । संघको भवन निर्माणमा आफुले निशुल्क प्राविधिक सहयोग गर्न प्रतिवद्ध रहेको वताउँदै उहाले भवन निर्माणमा पनि उद्योग वाणिज्य संघको तर्फवाट सहयोग गर्ने जानकारी दिनुभयो ।


    माडी स्थित वोटे होमस्टेमा सुरु भएको कार्ययोजना गोष्ठिमा होटल व्यवसायी संघ चितवनका पुर्व अध्यक्ष एवं सल्लाहकार इमान्दु वराल, पुर्व अध्यक्ष एवं सल्लाहकार डासीराम ढकाल, उद्योग संघ चितवनका सहजकर्ता दिपक दवाडीले सहजिकरण गर्नु भएको कार्यक्रम संयोजक ऋषिकेश अर्यालले जानकारी दिनु भयो । कार्यक्रममा संघका सल्लाहकार संयोजक कमल शर्मा, सल्लाहकार अशोक अधिकारीलगायतले वोल्नु भएको थियो । संघका सचिव रामबहादुर गुरुङले संचालन गर्नु भएको कार्यक्रममा संघकी निवर्तमान अध्यक्ष शर्मिला न्यौपानले आफ्नो कार्यकालमा भएगरेका गतिविधिको वारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रम संघका अध्यक्ष दिलकुमार श्रेष्ठले अध्यक्षतामा सम्पन्न भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt