• होटल संघको कार्ययोजना तर्जुमा गोष्ठि सकियो


    भरतपुर/होटल व्यवसायी संघ चितवनको दुई दिने योजना तर्जुमा गोष्ठि सकिएको छ । गोष्ठिले अनुमानित खर्च सहित आर्थिक वर्ष २०७७÷७९ कार्यकालमा गर्ने विभिन्न कार्यक्रम निर्माण गरेको छ । गोष्ठिले उक्त आर्थिक वर्षमा संघका सदस्यहरुको क्षमता र दक्षता विकाससंगै विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम गर्ने निर्णय गरेको छ । कार्ययोजना गोष्ठिमा जिल्ला र इकाई स्तरका कार्यक्रम तर्जुमा गरिएको होटल व्यवसायी संघ चितवन अन्तरगत नारायणगढ इकाइका अध्यक्ष कृष्ण महतोले जानकारी दिनुभयो ।
    गोष्ठिले आर्थिक वर्ष २०७७/७९ मा व्यवसायीको व्यक्तित्व एवं क्षमता विकास, होटलजन्य फोहर व्यवस्थापन, जनचेतनामुलक कार्यक्रम, व्यवसाय प्रवद्र्धनको लागि विविध कार्यक्रम, रक्तदान, सरसफाईलगायतका कार्यक्रम गर्ने निर्णय गरेको होटल व्यवसायी संघ चितवन अन्तरगत शिवघाट इकाईका पुर्व अध्यक्ष एवं गोष्ठिका सहसंयोजक राजु श्रेष्ठले जानकारी दिनुभयो ।


    माडी स्थित वोटे होमस्टेमा सम्पन्न भएको कार्ययोजना गोष्ठिमा होटल व्यवसायी संघ चितवनका पुर्व अध्यक्ष एवं सल्लाहकार इमान्दु वराल, पुर्व अध्यक्ष एवं सल्लाहकार डासीराम ढकाल, उद्योग संघ चितवनका इभेन्ट सुपरभाईजर दिपक दवाडीले सहजिकरण गर्नु भएको थियो । होटल व्यवसायी संघका ऋषिकेश अर्यालको संयोजकत्वमा सम्पन्न सो कार्यक्रम संघका अध्यक्ष दिलकुमार श्रेष्ठले अध्यक्षतामा सम्पन्न भएको थियो ।
    कार्ययोजना तर्जुमा गोष्ठि उद्योग संघ चितवनका अध्यक्ष राजु पौडेलले उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा संघका सल्लाहकार संयोजक कमल शर्मा, सल्लाहकार अशोक अधिकारीलगायतले वोल्नु भएको थियो । संघका सचिव रामबहादुर गुरुङले संचालन गर्नु भएको कार्यक्रममा संघकी निवर्तमान अध्यक्ष शर्मिला न्यौपानले आफ्नो कार्यकालमा भएगरेका गतिविधिको वारेमा जानकारी गराउनु भएको थियो ।

     

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt