निप्पोनको शाखा वीरेन्द्रनगरमा


भरतपुर/शैक्षिक परामर्श व्यवसायको अग्रणी सस्था निप्पोन एजुकेशनल सेन्टरको शाखा विस्तार गरिएको छ । चितवनमा मुख्य कार्यालय रहेको निप्पोन एजुकेशनल सेन्टरले मंगलबार एक कार्यक्रमका विच पुर्वी चितवनको वीरेन्द्रनगरमा शाखा कार्यालय स्थापना गरेको हो । विशेषगरि उच्च शिक्षा अध्यायनको लागि जापान जान चाहाने नेपाली विद्यार्थीहरुलाई उचित परामर्श दिँदै आवश्यक प्रक्रियामा सहयोग गर्दै आएको उक्त निप्पोन एजुकेशन सेन्टरले वीरेन्द्रनगर शाखावाट जापानसंगै अध्यायनको लागि कोरिया जान चाहाने विद्यार्थीहरुलाई परामर्श सहित भिसा प्रक्रियामा सहयोग गरिने वीरेन्द्रनगर शाखाका प्रमुख राजन पाण्डेले जानकारी दिनुभयो ।
निप्पोन एजुकेशनल सेन्टरका प्रवन्ध निर्देशक दिपकचन्द्र भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती प्याव्सनका अध्यक्ष रामकृष्ण पन्त प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी पन्तले विरेन्द्रनगर क्षेत्रवाट ठुलो संख्यामा विद्यार्थी उच्च शिक्षाको लागि विदेश जने गरेको भए पनि विगतमा उक्त क्षेत्रमा शैक्षिक परामर्शदाता सस्थाको आवश्यकता खड्किएको र अहिले पुरा भएको वताउनु भयो ।
कार्यक्रमका विशेष अतिथी वंगलामुखी वचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष भुवनराज रुवालीले उक्त शाखा स्थापना संगै उच्च शिक्षा अध्यायनको लागि जापान, कोरिया लगायतका मुलुक जान चाहाने पुर्वी चितवनका विद्यार्थी हरुले उचित परामर्श पाउने अपेक्षा व्यक्त गर्नुभयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार