चमेलीदेवी माविको वार्षिकोत्सव


भरतपुर/चमेलीदेवी पिया माध्यमिक विद्यालय नारायणगढको आयोजनामा मंगलबार वार्षिकोत्सव तथा सरस्वती पुजा कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वाग्मती प्रदेशका प्रदेश सांसद घनश्याम दाहाल (अविनास) प्रमुख अतिथी रहनु भएको थियो ।
कार्यक्रममा वोल्दै प्रमुख अतिथी दाहालले शिक्षाले मात्र मुलुकलाई समृद्धिको वाटोमा लैजान सक्ने वताउनु भयो । पछिल्लो समय सरकारी विद्यालयमा विद्यार्थी तथा अभिभावको आकर्षण वढेको वताउँदै उहाले शिक्षाको गुणस्तर विकासमा राज्यको ध्यान नपुगेको वताउनु भयो । गुणस्तरीय शिक्षाको लागि राज्यले शिक्षामा लगानी वढाउनु आवश्यक रहेको उहाँको भनाई थियो । विद्यालयलाई के कस्ता सहयोग आवश्यक पर्ने हो प्रपोजल तयार गरि आएमा प्रदेश स्तरवाट आफुले सक्दो सहयोग गर्ने दाहालले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा वोल्दै रोटरी क्लव अफ चितवनका अध्यक्ष रोशन पियाले विद्यालयको शैक्षिक विकासमा रोटरी क्लव अफ चितवनले सहयोग गर्दै आएको र आगामी दिनमा पनि आवश्यक सहयोगको लागि प्रतिवद्ध रहेको वताउनु भयो । कार्यक्रममा रोटरी क्लव अफ चितवनका पुर्व अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका सदस्य तथा आर्थिक समितिका संयोजक शरद गोपाल न्याच्छ्यौं, शिक्षक अभिभावक संघका अध्यक्ष तोयानाथ चालिसेलगायतले वोल्नु भएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले विद्यालयको स्तरवृद्धिको लागि स्थापना गरिएको अक्षयकोषको राशि एक करोड पु¥याउने लक्ष्य लिईएको हुँदा सम्पुर्ण सदस्य एवं अभिभावक तथा सरोकारवाला सम्पुर्णलाई सहयोग गरिदिन आग्रह गर्नुभयो । मंगलबारमात्रै उक्त अक्षयकोषको लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रमान श्रेष्ठ र आर्थिक समितिका संयोजक शरदगोपाल न्याच्छ्यौंले एक÷एक लाख रुपैया सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार