• नवज्योतिको वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न


    भरतपुर/भरतपुर ४ वैद्धिकनगर स्थित नवज्योति आधारभूत विद्यालयको ३८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मंगलबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिला शर्मा ढकालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा भरतपुर ४ का वडा अध्यक्ष हरिप्रसाद अचार्य प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी आचार्यले शिक्षा विकासको मेरुदण्ड भएको वताउनु भयो ।
    सरकारी विद्यालयको शैक्षिक गुणस्तर विकास गर्न राज्यले शिक्षामा लगानी वढाउनु पर्ने वताउँदै उहाले पछिल्लो समय सरकारी विद्यालयमा आकर्षण वढेको वताउनु भयो । निजी विद्यालयको कारण शिक्षामा असमान स्थिती देखिएको वताउँदै उहाले जस्तो सुकै आर्थिक अवस्था भएकाले पनि समान शिक्षाको अवसर पाउनु पर्नेमा जोड दिनुभयो ।
    विद्यालयकी प्रधानाध्यापक कुष्मा कुमारी पन्तले वर्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका सदस्य कमलराज घिमिरेले संचालन गर्नु भएको थियो । कार्यक्रममा भरतपुर महानगरपालिका ४ की वडा सदस्य तथा नगर कार्यपालिका सदस्य पवित्रा केसी, नेकपा भरतपुर ४ का अध्यक्ष वसन्त न्यौपाने, नेपाली काँग्रेस भरतपुर ४ का सभापति रेशमलाल कँडेल, भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका पुर्व अधिकृत वावुराम दवाडी, शिक्षाविद् विश्वनाथ ओझा, लोककल्याणकारी वचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष नारायणप्रसाद कँडेल, चिसापानी टोलविकास स्थाका अध्यक्ष नारायण अधिकारी, लक्ष्मि माध्यमिक विद्यालय लंकुका प्रधानाध्यापक रेशमबावु कँडेल, पुर्व प्रध्यानाध्यापक विष्णु निवास त्रिपाठीलगायतले वोल्नु भएको थियो ।
    विद्यालयमा अध्यायनरत विद्यार्थीहरुद्धारा विविध सास्कृतिक कार्यक्रम प्रस्तुत गरिएको उक्त कार्यक्रममा विद्यालयका पुर्व प्रधानाध्यापक नरनारायण गौतम, खेमप्रसाद पाण्डे, इन्द्रमणी कँडेललाई सम्मान गरिएको थियो । सोहि अवसरमा चन्दादाता भवानी पराजुली, एलिजा अधिकारी, कासिराम कँडेल, खरिलाल भुषाल, लालप्रसाद भुषाल, लक्ष्मि कँडेल, भरतचन्द्र अधिकारी, समरवहादुर खड्का, हरिदत्त आचार्य, आनन्द अधिकारीलगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा सानुमायाँ कमर र नानुमायाँ काफ्लेलाई शिक्षक कर्मचारी सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न शैक्षिक तथा खेलकुद पुरस्कार समेत वितरण गरिएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt