• आफ्नो आईटी प्रडक्ट सिफारिस गरिदिनेलाई क्रिएटिभ कर्पाेरेशनले ५ हजार कमिसन दिने

    creative corporation-IT consulting and IT servicesकाठमाडौं – सूचना प्रविधिसम्बन्धी विभिन्न काम गर्दै आएको कम्पनी क्रिएटिभ कर्पोरेशनले आफ्नो सेवा प्रयोग गर्न सिफारिस गर्ने हरेकलाई पाँच हजार रुपैयाँ उपलब्ध गराउने योजना ल्याएको छ ।

    इन्टरप्राइज बिजनेश सोलुसन प्रदान गर्दै आइरहेको यस कम्पनीले आईटी कन्सल्टेसनदेखि डिजिटल प्रोसेस अटोमेसनसम्मका काम गर्दै आइरहेको छ ।

    कम्पनीले शिक्षण संस्था, बैंकिङ क्षेत्र, गैरसरकारी संस्था र व्यवसायिक घरानाका लागि प्रडक्ट र सर्भिस प्रदान गर्दै आएको कम्पनीका सीईओ राजेन्द्र ढकालले जानकारी गराउनु भयाे ।

    ‘हामीले चौधरी ग्रुप, सिप्रदीलगायतका व्यवसायिक घरानाका साथै हरेक संस्था र कार्यालयका लागि आवश्यक सूचना प्रविधि सेवा उपलब्ध गराउँदै आएका छौं । एप्लिकेशन डेभलपमेन्ट र मेन्टेनेन्स, वेबसाइट डिजाइन र मेन्टेनेन्स, क्लाउड सर्भर र डेटा सर्भर, ओपन सोर्स डेभलपमेन्ट, बिजनेश प्रोसेस म्यानेजमेन्ट लगायतका काम गरिरहेका छौं,’ उहाँले भन्नुभयाे।

    कम्पनीले कम्पनीको कुनै पनि सेवा अन्य व्यक्ति वा संस्थालाई सिफारिस गरेमा हरेकले पाँच हजार प्राप्त गर्ने छन् । यसका लागि कम्पनीको ईमेलफेसबुक र वेबसाइटमार्फत अनुरोध गर्न सक्नुहुन्छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt