ईक्यान चितवनको प्रशिक्षक प्रशिक्षण एवं अन्तरक्रिया सम्पन्न


भरतपुर/नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) चितवनको आयोजनामा प्रशिक्षक प्रशिक्षण एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ईक्यान चितवनको वार्षिक कार्यक्रम तालिका अनुसार उक्त कार्यक्रम भरतपुर गार्डेन रिर्सोटमा सम्पन्न गरिएको हो । हन्स ग्रुपको सहकार्यमा आयोजित उक्त कार्यक्रममा चितवनमा संचालित शैक्षिक परामर्शदाता सस्थामा जापानीज भाषा पढाउने शिक्षकहरुको सहभागिता रहेको थियो । करिव ६० जना जापानीज भाषाका शिक्षकहरुको सहभागिता रहेको उक्त कार्यक्रममा हन्स ग्रुपका महेश श्रेष्ठ, रामहरी दवाडीलगायतले प्रशिक्षण दिनु भएको ईक्यान चितवनका अध्यक्ष हिम्मत पुरीले जानकारी दिनुभयो ।


कार्यक्रममा जापानीज भाषा प्रशिक्षण विधि, जापनका शैक्षिक सस्थाहरुको अवस्था र जेसट भाषा परीक्षाको वारेमा प्रशिक्षण दिईएको ईक्यान चितवनका परीक्षा संयोजक दिपकचन्द्र भट्टराईले जानकारी दिनुभयो । साथै अन्तरक्रिया कार्यक्रममा जापानीज भाषा र उच्च शिक्षा अध्यायनको लागि जापान जाने विद्यार्थीहरुको आवश्यक प्रक्रिया र पछिल्लो अवस्थाको वारेमा छलफल गरिएको थियो । सो कार्यक्रममा ईक्यान चितवनका अध्यक्ष पुरीले ईक्यानको महत्व र सस्थाले गर्दै आएको गतिविधिको वारेमा जानकारी गराउनु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार