• होटल तथा रेष्टुरेन्ट व्यवसायी संघमा कँडेल


    भरतपुर/होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनको दोस्रो साधारणसभा तथा पहिलो अधिवेशन शनिबार भरतपुरमा सम्पन्न भएको छ । अधिवेशनले ज्योतिप्रसाद कँडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा दिपक पौडेल, यज्ञ कार्की, अमित अधिकारी, सुदेश सिवाकोटी, महासचिवमा प्रकाश त्रिपाठी, सचिवमा सुरेन्द्र केसी, कोषाध्यक्षमा राजन श्रेष्ठ, सहकोषाध्यक्षमा गंगा पराजुली, सदस्यहरुमा निरवहादुर गुरुङ, विनोद पौडेल, चन्द्रवहादुर राना, विशाल डल्लाकोटी, सुरेश पौडेल, दानवहादुर आले, मिस्ताखाण पोख्रेल र विष्णु अधिकारी रहनु भएको छ ।
    कार्यक्रमका प्रमुख अतिथी होटल व्यवसायी महासंघका अध्यक्ष हिराध्वज शाहले राज्यले होटल व्यवसायीलाई विभेद गरेको वताउनु भयो । राज्यले ठुला (स्टार) र साना होटललाई हेर्ने दृष्टिकोण फरक हुने गरेको वताउँदै उहाले सवै होटललाई समान रुपमा हेर्न आग्रह गर्नुभयो । महासंघमा ८० हजार व्यवसायी आवद्ध भएको जानकारी दिँदै उहाले होटल क्षेत्रमा करिव ६ लाख मानिसले रोजगारी पाएको वताउनु भयो ।
    कार्यक्रमका विशेष अथिती जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीले पर्यटन व्यवसायले मुलुक समृद्ध वनाउन सहयोग गर्ने वताउँदै पर्यटन क्षेत्रलाई विकास र समृद्धिको आधारको रुपमा लिनु आवश्यक रहेको वताउनु भयो । पर्यटन व्यसायले विदेशी पैसा नेपाल भित्र्याएर आर्थिक उपार्जनमा सहयोग पु¥याउने हुँदा यो व्यवसायलाई सम्मानयोग्य व्यवसाय वनाउन सरोकारवालाहरुको विचमा एकता हुन आवश्यक भएको वताउनु भयो । उद्योग संघ चितवनका वरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेलले होटल पनि उद्योग भएको वताउँदै उद्योग संघले औद्योगिक शिक्षालय निर्माणको तयारी गरेको वताउनु भयो ।
    कार्यक्रममा उद्योग वणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले होटल व्यवसायलाई व्यवस्थित र मर्यादिन वनाएर आत्मर्भिर वनाउन आवश्यक रहेको वताउनु भयो । कार्यक्रममा होटल व्यवसायी महासंघका सल्लाहकार दुर्गाप्रसाद गौतम, नेपाल घरवाहल उपभोक्ता मञ्च चितवनका अध्यक्ष हरिप्रसाद शर्मालगायतले वोल्नु भएको थियो । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनका महासचिव देवेन्द्र शर्माले संचालन गर्नु भएको कार्यक्रम संघका अध्यक्ष दिपक ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt