• होटल व्यवसायीलाई एक दिने अभिमुखिकरण


    भरतपुर/खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनको आयोजनामा सोमबार भरतपुरमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । खाद्य पदार्थमा स्वच्छता, हामी सबैको प्रतिवद्धता भन्ने मुल नाराका साथ कार्यालयले चितवनका होटल व्यवसायीलाई एक दिने अभिमुखिकरण तालिम दिएको हो ।
    कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारी र खाद्य निरीक्षक प्रदिप काफ्लेले खाद्य एन र नियमावली, खाद्य स्वच्छता कायम गर्न होटल व्यवसायीले पालना गर्नुपर्ने कुराहरु र स्वच्छताको आधारमा होटल स्तरीकरण गर्ने निर्देशिका २०७५ को वारेमा जानकारी गराउनु भएको थियो ।


    होटल स्तरीकरण तथा लोगो वितरण कार्यक्रम अन्तरगत भरतपुर १२ स्थित होटल जमघटमा आयोजना गरिएको अभिमुखिकरण कार्यक्रममा चितवनका करिव ३० जना होटल व्यवसायीहरुको सहभागिता रहेको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठ प्रमुख अतिथी रहनु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt