• हंस सहकारीको अन्तरक्रिया र वनभोज कार्यक्रम


    भरतपुर/हंस वहुउदेश्यीय सहकारी सस्था चितनवनको आयोजनामा सोमबार गोलाघाटमा अन्तरक्रिया एवं वनभोज कार्यक्रम सम्पन्न भएको छ । सहकारीका शिक्षा समितिका संयोजक वावुराम देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारीका अध्यक्ष दिनेश कुमार चुके प्रमुख अतिथी रहनु भएको थियो ।
    कार्यक्रममा वोल्दै प्रमुख अतिथी चुकेले सहकारी आर्थिक विकासको मेरुदण्ड भएको वताउनु भयो । सहरकारीले न्युन आय भएका मानिसलाई वचत गर्ने वानीको विकास गरि उद्यमी वनाउन सहयोग पु¥याएको वताउनु भयो । सहकारीका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथी चुकेले सहकारीले छिट्टै मेघौलीमा सेवाकेन्द्र स्थापना गरि सेवा प्रदान गर्ने योजना रहेको जानकारी दिनुभयो ।


    कार्यक्रममा सहकारीका उपाध्यक्ष वावुराम अधिकारी, संचालक समिति सदस्य सडानन्द लामिछाने, महिला उपसमिति संयोजक अनिता मैनाली, संचालक समिति सदस्य तेजनारायण खरेल लगायतले वोल्नु भएको थियो । कार्यक्रम शिक्षा समिति सदस्य विदुर केसीले संचालन गर्नु भएको थियो । हालसम्म हंस वहुउदेश्यीय सहकारी सस्था लिमिटेडले मुख्य कार्यालय नारायणगढ, टाँडी र विजयनगर सेवाकेन्द्रवाट सेवा दिँदै आएको छ ।
    हाल समहकारीमा ३६५४ जना शेयर सदस्य रहको कार्यक्रममा जानकारी गराइएको थियो । सो अवसरमा सहकारीका शेयरसदस्यहरुका विचमा घैँटो फुटाई, म्युजिक चियर, दोहोरी प्रतियोगिता र विविध सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt