• होटल संघ चितवनद्धारा प्रहरी प्रमुखलाई स्वागत


    भरतपुर/होटल व्यवसायी संघ चितवनले बिहीबार एक कार्यक्रमका विच प्रहरी उपरिक्षक ओम प्रसाद अधिकारीलाई स्वागत गरेको छ । हालै जिल्ला प्रहरी कार्यालय चितवनमा सरुवा भई आउनु भएका कार्यलय प्रमुख अधिकारीलाई संघको कार्यालयमा स्वागत एवं छलफल गरिएको हो । कार्यक्रममा वोल्दै होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठले व्यवसायीका समस्याको वारेमा जानकारी गराउँदै प्रहरी उपरिक्षक अधिकारीलाई स्वागत गरिएको थियो ।
    सो स्वागत एवं छलफल कार्यक्रममा वोल्दै प्रहरी उपरिक्षक अधिकारीले जुनसुकै व्यवसायी पनि समाज र राज्यप्रति जवाफदेहि हुनु पर्नेमा जोड दिनु भएको । होटल व्यवसाय मुलुकको समृद्धिको लागि महत्वपुर्ण मानिएको पर्यटन क्षेत्रसंग प्रत्यक्ष जोडिएको व्यवसाय भएको हुँदा आर्थिक समृद्धिमा समेत होटल व्यवसायीको भूमिका महत्वपुर्ण रहेको वताउनु भयो ।
    करको दायरामा आउने व्यवसायीलाई सुरक्षा दिनु राज्यको दायित्व भएको वताउँदै उहाले होटल व्यवसायलाई राज्यको नीति नियम पालना गर्न र सुरक्षाको हिसावले आफ्नो व्यवसायीक फर्ममा सिसिटिभी राख्न व्यवसायीलाई आग्रह गर्नु भयो । सिसिटिभीले होटलमा हुने अपराधिक गतिविधि नियन्त्रण गर्न सहयोग गर्ने उहाको भनाई थियो । समाज र राष्ट्रलाई फाईदा पुग्ने र राम्रो कामको लागि होटल व्यवसायीसंग सहकार्य गर्न आफु सदैव तयार रहेको उहाको भनाई थियो । संघका सचिव राम बहादुर गुरुङले संचालन गर्नु भएको कार्यक्रममा संघका पुर्व अध्यक्ष तथा सल्लाहकार संयोजक कमल शर्माले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt