• मेघौलीमा आयोजित खाद्य स्वच्छता तालिम सकियो


    भरतपुर/खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनको आयोजनामा मेघौलीमा दुई दिने खाद्य स्वच्छता सम्वन्धि तालिम सम्पन्न भएको छ । होटल व्यवसायी संघ चितवन अन्तरगत मेघौली इकाईको सक्रियतामा सम्पन्न कार्यक्रमको समापन समारोहमा होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठ प्रमुख अतिथी रहनु भएको थियो । तालिमको समापन कार्यक्रममा वोल्ने प्रमुख अतिथी श्रेष्ठले खाद्य स्वच्छता विना पर्यटन प्रवद्र्धन असम्भव रहेको वताउनु भयो ।
    तालिममा सिकेका कुराहरुलाई व्यवहारमा कार्यान्वयन गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्दै उहाले यस्तो खालको तालिम अन्य क्षेत्रका होटल व्यवसायीहरुलाई पनि जरुरी रहेको वताउनु भयो । पर्यटन क्षेत्रको मेरुदण्डको रुपमा रहेको होटल व्यवसायमा खाद्य स्वच्छता नभएसम्म पर्यटन प्रवद्र्धनको कल्पना गर्न नसकिने कार्यक्रमका वक्ताहरुको भनाई थियो । खाद्य पदार्थमा शुद्धता, हामी सवैको प्रतिवद्धता भन्ने मुल नाराका साथ होटल तथा रेष्टुरेन्ट संचालकहरुको लागि आयोजित सो तालिममा मेघौली क्षेत्रका ३४ जना होटल व्यवसायीहरुको सहभागिता रहेको थियो ।


    खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारीको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा होटल व्यवसायी संघ चितवनका सचिव राम बहादुर गुरुङ, संघका सचिवालय सदस्य राजकुमार श्रेष्ठ, इकाई अध्यक्ष राम कुमार महतो लगायतले वोल्नु भएको थियो ।
    तालिममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख अधिकारीले खाद्य स्वच्छता, खाद्य ऐन तथा नियमावली र होटल तथा रेष्टुरेन्ट नियमन निर्देशिकाको वारेमा प्रशिक्षण दिनु भएको थियो भने कार्यालयका खाद्य निरिक्षक प्रदिप काफ्लेले होटल तथा रेष्टुरेन्ट संचालकहरुले पालना गर्नुपर्ने नियमहरुको वारेमा प्रशिक्षण दिनु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt