• समाजसेवी पौडेल र अग्रवालद्धारा आर्थिक एवं खाद्यान्न सहयोग


    भरतपुर/नेपाली काँग्रेस चितवन क्षेत्र नं. २ क प्रदेश सभापति टंकनाथ पौडेलले बुधबार एक कार्यक्रमका विच गुम्वालाई आर्थिक सहयोग गर्नु भएको छ । भरतपुर स्थित मैयादेवी कन्या कलेजका अध्यक्ष समेत रहनु भएका समाजसेवी पौडेलले भरतपुर २९ भोर्ले स्थित चन्द्रसुर्य वौद्ध गुम्वालाई २१ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गर्नु भएको हो ।
    विगतमा गरिएको सहयोगको प्रतिवद्धता अनुसार आर्थिक सहयोग हस्तान्तरण गरेको जानकारी दिँदै पौडेलले आवश्यकताको आधारमा अझै पनि सहयोग गर्न तयार रहेको वताउनु भयो । सरकारी क्षेत्रको सहयोग विना भोर्लेका स्थानीयले नमुना गाउँ निर्माणको लागि वाटो र गुम्वा लगायतका संरचना निर्माण गरिरहेको स्थानीय समाजसेवी सुर्यबहादुर गुरुङले जानकारी दिनुभयो । यसैविच सोहि गुम्वालाई बुधबार नै नेपाली काँग्रेस भरतपुर २९ का सभापति भरत गुरुङले ५ हजार ५० रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गर्नु भएको छ ।


    यसैविच समाजसेवी टंकनाथ पौडेल र युवा व्यवसायी एवं समाजसेवी चन्दन अग्रवालले भरतपुर २९ दाशढुंगा स्थित दाउरी नाममले परिचितलाई खाद्यान्न सहयोग गर्नु भएको छ । सो अवसरमा चामल, सोयाविन मस्यौरा र भुजा सहयोग गरिएको थियो । आर्थिक अभावले गर्दा विहान वेलुकाको छाकटार्न समेत समस्या भएको अवस्था देखेपछि उहालाई खाद्यान्न सहयोग गरिएको युवा व्यवसायी चन्दन अग्रवालले जानकारी दिनुभयो । कमजोर आर्थिक अवस्थाका कारण खाना एवं वासस्थानको समेत समस्या देखिएकोले समाजसेवी टंकनाथ पौडेलसंगको सहकार्यमा आवश्यक सहयोग जुटाएर व्यवस्थीत वासको व्यवस्था गर्न आफु प्रयत्नशिल रहेको अग्रवालले जानकारी दिनुभयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt