• होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनको स्थापना दिवस मनाईयो


    भरतपुर/होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनको दोस्रो स्थापना दिवस शनिबार मनाईएको छ । एक औपचारिक समारोहको आयोजना गरि मनाईएको कार्यक्रममा होटल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुके प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी केन्द्रिय वरिष्ठ उपाध्यक्ष चुकेले होटल व्यवसायले पर्यटन विकासमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने वताउनु भयो ।
    पर्यटन प्रवद्र्धन विना आर्थिक समृद्धि असम्भव रहेको वताउँदै उहाले व्यवसायीक सफलताको लागि व्यवसायीहरुका विचमा एकता अनिवार्य रहेको वताउनु भयो । होटल व्यवसाय र व्यवसायीलाई राज्यले हेर्ने दृटिकोण परिवर्तन हुनु आवश्यक रहेको वताउँदै उहाले होटललाई पनि उद्योग सरहको मान्यता दिनुपर्नेमा जोड दिनु भयो ।


    कार्यक्रमका विशेष अतिथी होटल व्यवसायी महासंघका उपाध्यक्ष इमान्दु वरालले संघले सम्पुर्ण सदस्य व्यवसायीहरुको समस्या समाधानमा ध्यान दिनुपर्ने वताउनु भयो । सदस्य व्यवसायीहरुका समस्या समाधान र व्यवासायिक विकासका लागि संघको स्थापना भएको वताउँदै उहाले जिल्लामा रहेका होटलसंग सम्वन्धित संघसस्था एवं व्यवसायीका विचमा एकता आवश्यक रहेको वताउनु भयो ।
    कार्यक्रममा वोल्दै होटल व्यवसायी महासंघका सल्लाहकार दुर्गाप्रसाद गौतमले जिल्लामा स्थापित होटल तथा रेष्टुरेन्ट व्यवसायी संघले दुई वर्ष पुरा गरि भर्खर टुकुटुकु हिड्ने अवस्थामा पुगेको वताउँदै आगामी दिनमा सफलताको शुभकामना व्यक्त गर्नुभयो । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनका सस्थापक अध्यक्ष एवं निवर्तमान अध्यक्ष दिपक ढकालले संघका निबर्तमान कार्यसमितिका साथिहरु, निबर्तमान सल्लाहकार ज्यूहरु, तदर्थ समितिका साथिहरुको साथ, सहयोग र योगदानले गर्दा संघ यो सफलतामा पुगेको वताउँदै सबैलाई धन्यवाद ब्यक्त गर्नु भयो । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनका महासचिव प्रकाश त्रिपाठीले संचालन गर्नु भएको उक्त कार्यक्रममा संघका उपाध्यक्ष दिपक पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम संघका अध्यक्ष ज्योति कँडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt