• हंसको सहकारी शिक्षा अभिमुखिकरण तथा अन्तरक्रिया सम्पन्न


    भरतपुर/हंस बहुउदेश्यीय सहकारी संस्था लि. टाँडी सेवाकेन्द्र अन्तरगतका शेयर सदस्यहरुका लागि आयोजना गरिएको सहकारी शिक्षा अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । संस्थाको शिक्षा उप समितिको आयोजनामा सौराहचोक, टाँडी स्थित होटल गंगोत्रि हाईवेमा भएको कार्यक्रमको अध्यक्षता शिक्षा उप समिति संयोजक शारदा शर्मा पौडेलले गर्नु भएको थियो भने कार्यक्रमा प्रमुख अतिथि हंस बहुउदेश्यीय सहकारी संस्था लि. का अध्यक्ष दिनेश कुमार चुके रहनु भएको थियो ।
    उक्त कार्यक्रममा महिला समिति संयोजक अनिता मैनाली र शेयर सदस्य भवानी अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम संचालन शिक्षा उप समितिका सदस्य विदुर के.सी.ले गर्नु भएको थियो भने उपस्थित सम्पूर्णलाई स्वागत टाँडी सेवाकेन्द्र व्यवस्थापन समितिका संयोजक संदेश पाठकले गर्नु भयो । कार्यक्रममा ५८ जना शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt