• उवासंघ–चितवनमा घरेलु समिति गठन


    भरतपुर/उद्योग वाणिज्य संघ–चितवनले घरेलु, लघु, मझौला तथा साना उद्योगको विकास, प्रबद्र्धन र बजारीकरणमा सहयोग पु¥याउने उद्देश्यले घरेलु तथा साना उद्योग समिति गठन गरेको छ । उद्योग वाणिज्य संघ–चितवनमा मंगलबार सम्पन्न उद्यमीहरुको भेलाले उक्त समिति गठन गरेको हो । घरेलु, साना तथा मझौला उद्योग क्षेत्रको विकास, विस्तार तथा पबद्र्धनका लागि नेपाल सरकार एवं सम्बन्धित संघ संस्थाहरु संग समन्वय एवं सहकार्य गरि कार्य गर्नका लागि समिति गठन गरिएको संघका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिनुभयो ।
    नेपाल उद्योग वाणिज्य महासंघको घरेलु तथा साना उद्योग समिति बिभाग अन्र्तगत उक्त समिति गठन गरिएको र समितिले महासंघ संग सहकार्य गरि कार्यक्रमहरु आयोजना गर्ने संघका निबर्तमान अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणि समिति सदस्य सहनलाल प्रधानले बताउनु भयो । संघका कार्यसमिति सदस्य राजेन्द्र ओलीको संयोजकत्वमा समिति गठन गरिएको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिनुभयो । समितिको सदस्यमा लिलबहादुर क्षेत्री, अरुणकुमार खनाल, सुधा पोखरेल, दुर्गा प्रसाद गौतम, अनुशा पाठक, दिनुप बराल, संजय श्रेष्ठ र गोपाल गौतम रहनु भएको छ ।
    यसै गरि सल्लाहकारमा संघका अध्यक्ष राजु श्रेष्ठ, निबर्तमान अध्यक्ष एवम् नेउवा महासंघका कार्यकारिणि समिति सदस्य सहनलाल प्रधान र पूर्वअध्यक्ष मित्रराज दवाडी रहनु भएको छ । मंगलवारनै नवगठित समितिको पहिलो बैठक सम्पन्न गरि निकट भविष्यमा कार्ययोजना तर्जुमा गोष्ठीको आयोजना गरि कार्यक्रम सञ्चालन गर्ने समितिका संयोजक राजेन्द्र ओलीले बताउनु भयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt