• चितवन रोटरीद्धारा वन्दिपुरमा निर्मित सडकवत्ती हस्तान्तरण


    भरतपुर/रोटरी क्लव अफ चितवनले पर्यटकीय स्थल वन्दिपुरमा निर्माण गरेको रोटरी बन्दीपुर सडक वत्ती परियोजना बुधबार एक औपचारिक कार्यक्रमका विच उद्घाटन एवं हस्तान्तरण गरिएको छ । रोटरी क्लव अफ चितवनको आर्थिक सहयोगमा निर्माण भएको उक्त सडक वत्ती स्थानीय सरकारको रुपमा रहेको वन्दिपुर गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।
    कार्यक्रमका प्रमुख अतिथी रोटरी इन्टरनेशनलका निर्वाचित अध्यक्ष शेखर मेहताले सडक वत्तीको उद्घाटन एवं हस्तान्तरण गर्नु भएको हो । कार्यक्रमका वोल्दै प्रमुख अतिथी मेहताले रोटरीको लगानीमा निर्माण सम्पन्न भएको सडक वत्तीले वन्दिपुरको पर्यटकीय प्रवद्र्धनमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
    वन्दिपुरलाई युरोप र त्यहाका पर्यटकीय क्षेत्रसंग तुलना गर्दै मेहताले जिवनकालमा एकपल्ट परिवारसहित घुम्नुपर्ने ठाउँको रुपमा चित्रण गर्नुभयो । कार्यक्रममा वोल्दै रोटरी इन्टरनेशनल ३२९२ का डिष्ट्रिक गभर्नर राजिव पोखरेलले रोटरीको लगानीमा निर्माण गरिएको सडक वत्तीको उचित प्रयोग र संरक्षण गर्न आग्रह गर्दै डिष्ट्रिकको तर्फवाट पनि वन्दिपुर क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।


    कार्यक्रममा वोल्दै वन्दिपुर गाउँपालिकाका अध्यक्ष पुर्ण सिंह थापाले वन्दिपुर क्षेत्रमा सडक वत्ती निर्माण गरि हस्तान्तरण गरेकोमा चितवन रोटरी क्लवलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्नुभयो । रोटरी क्लव अफ चितवनका अध्यक्ष एवं सभाध्यक्ष रोशन पियाले क्लवका गतिविधि र वन्दिपुरमा सडक वत्ती निर्माणको वारेमा जानकारी गराउनु भएको थियो ।
    रोटरी क्लव अफ चितवनका प्रथम उपाध्यक्ष दिपक प्रधानले संचालन गर्नु भएको कार्यक्रममा रोटरी क्लव अफ इन्टरनेशनल ३२९२ का पुर्व डिष्ट्रिक गभर्नर रविन्द्र पियाले धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम सुरु हुनु भन्दा पहिले प्रमुख अतिथी मेहता सहितका अतिथीहरुलाई वन्दिपुर वजारमा वाजागाजा सहित स्वागत गरिएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt