मेचि–महाकाली पर्यटन प्रवद्र्धन अभियानका टोलीलाई चितवनमा स्वागत


भरतपुर/होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ कपिलबस्तुको मेचि–महाकाली पर्यटन प्रवद्र्धन अभियानका टोलीलाई चितवनमा स्वागत एवं सम्मान गरिएको छ । कपिलवस्तु जिल्लाका पर्यटकीय क्षेत्रको जानकारी सहित आफ्नो ठाउँमा घुम्नको लागि निम्तो वाँड्दै हिडेको टोलीलाई होटल तथा रेष्टुरेण्ट व्यवसायी संद्ध चितवनले एक औपचारिक कार्यक्रम आयोजना गरि स्वागत गरेको हो ।
कपिलवस्तु जिल्लाका विभिन्न पर्यटकीय क्षेत्र एवं गतिविधिको वारेमा देशव्यापी प्रचार गर्ने उदेश्यले यहि चैत्र ३ गते कपिलिवस्तुवाट सुरु भएको मेचि महाकाली पर्यटन प्रवद्र्धन अभियान देशका विभिन्न जिल्लामा पुगेर यहि चैत्र १४ गते समापन हुने होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष गोपालबहादुर खत्रीले जानकारी दिनुभयो । कार्यक्रममा वोल्दै उहाले आम चितवनवासीलाई कपिलवस्तु घुम्नको लागि निम्तो दिनु भयो ।
स्वागत कार्यक्रममा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनका अध्यक्ष ज्योति कँडेलले चितवनका पर्यटकीय क्षेत्रको वारेमा जानाकारी गराउँदै विभिन्न जिल्लाका पर्यटन व्यवसायीहरुका विचमा एकता हुन आवश्यक रहेको वताउनु भयो । व्यवसायीक एकताले मात्रै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने वताउँदै उहाले चितवन कपिलवस्तुसंग पर्यटन प्रवद्र्धनको सवालमा आवश्यक सहकार्य गर्न तयार रहेको वताउनु भयो ।
कार्यक्रममा होटल व्यवसायी महासंघकी सदस्य लक्ष्मी कार्की, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनका अध्यक्ष ज्योती प्रसाद कडेल, संधका उपाध्यक्ष दीपक पौडेल, यज्ञ कार्की, सुदेश शिवाकोटी सचिब सुरेन्द्र केसी, कोषाध्यक्ष राजन श्रेष्ठ सदस्य सुरेस पौडेल, बुद्धी सापकोटालगायतको सहभागिता रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार