• चितवनमा जेएलसिटी भाषा परीक्षा सम्पन्न


    भरतपुर/शैशिक परामर्श व्यवसायी संघ (ईक्यान) चितवन को आयोजनामा शनिबार जापानीज ल्याङ्वेज क्यापाविलिटी टेष्ट (जेएलसिटी) भाषा परिक्षा समम्पन्न भएको छ । चितवनमा ईक्यान चितवनको संयोजनमा शनिबार तेस्रो पटकको परिक्षा सम्पन्न भएको हो ।
    भरतपुर स्थित मिलिनियम मोडल कलेजमा आयोजना गरिएको उक्त परिक्षामा ४२० जना परिक्षार्थी सहभागी भएका छन् । एन फाइवमा ४०२ र एन फोमा १८ जना परिक्षार्थीले सहभागिता जनाएका छन् । चितवनमा जेएलसिटीको परीक्षा संचालन भएपछि उच्च शिक्षा अध्यायनको लागि जापान जान चाहाले विद्यार्थीहरुलाई भाषा परिक्षाको लागि काठमाडौं जानु पर्ने बाधयताको अन्त्य भएको ईक्यान चितवनका अध्यक्ष हिम्मत पुरीले जानकारी दिनुभयो । विगतमा भएका जेएलसिटी परीक्षाहरु सौहार्दपुर्ण वातावरणमा सम्पन्न गर्न ईक्यान चितवन सफल भएको वताउँदै पुरीले ईक्यान चितवनले ब्यबस्थापनको जिम्मेवारी लिएकोमा बिद्यर्थीहरुले खुसि व्यक्त गरेका छन् ।
    उक्त परीक्षा पास भएको अवस्थामा विद्यार्थीहरुलाइ भिसा प्रक्रियामा सहजीकरण हुने गरेको जानकारी गराउँदै अध्यक्ष पुरीले जापानमा उच्च शिक्षा अध्यायनको लागि आवश्यक विभिन्न भाषा परीक्षा मध्ये जेएलसिटी एक भएको वताउनु भयो ।
    ईक्यान चितवनका कोषाध्यक्ष एवं जेएलसिटी र जेसर्ट परीक्षा संयोजक दिपकचन्द्र भट्टराईले व्याकरण, रिडिङ तथा भोक्याविलरी र लिसिनिङ गरि तीन चरणमा परीक्षा सम्पन्न भएको वताउनु भयो । उक्त परीक्षामा ४० प्रतिशत अंक ल्याए पास हुने जानकारी गराउँदै उहाले जेएलसिटी जापानको अध्यागमनवाट स्वीकृत प्राप्त टेष्ट भएको वताउनु भयो । एन फाइवलाई जापानिज भाषाको आधारभुत तह र एन फोलाई आधारभुत भन्दा माथिल्लो तहको रुपमा लिइने जानकारी दिँदै संयोजक भट्टराईले यो परीक्षाले विद्यार्थीको जापानीज भाषाको तह (लेवल) थाहा हुने वताउनु भयो । चितवनमा हुने यस प्रकारको परीक्षामा चितवनसहित आसपासका अन्य जिल्लाका परिक्षार्थीहरुको समते सहभागिता हुने गरेको छ । जेएलसिटी परीक्षा जनवरी, मार्च, मे, जुलाई, सेप्टेम्वर र नोवेम्वरमा गरि वर्षको ६ पटक संचालन हुँदै आएको छ । शनिबारको परिक्षामा इक्यान चितवनका अध्यक्ष पुरी, कोषाध्यक्ष भट्टराई, सदस्यहरु प्रभाष थपा क्षेत्री, आशिष दवाडी, किशोर सुवेदी, भविन्द्र गुरुङ, राज डल्लाकोटीलगायतको सहभागिता रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt